म्याग्दीमा पहिरोले घर पुरिदा दुइजनाको मृत्यु, तीनजना वेपत्ता

 

म्याग्दी १७ साउन । भारी वर्षासँगै गएराति पहिरो खस्दा म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँमा तीनवटा घर पुरिएको छ । उक्त घटनामा दुईजनाको मृत्यु भएको छ ।

घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा छोराहरू १३ वर्षका राजन विक र १५ वर्षका नविन विकको मृत्यु भएको हो । तीनजना अझै बेपत्ता रहेका छन् ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता छन् । स्थानीयबासीले उनीहरूको खोजी गरिरहेका छन ।

शेयर गरौ

ताजा अपडेट