चितवन, १५ साउन । चितवनमा भाइरल ज्वरोका विरामीको सख्या वृद्धि भएको छ । चितवन सहित आसपासका जिल्लाबाट उपचारको लागि चितवन आएका विरामीमा भाइरल ज्वरोका विरामीको सख्या वृद्धि भएको हो ।
अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले एक हप्ता यता उच्च ज्वरो भइरलका विरामीको सख्या वृद्धि भएको जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘कोभिडको जस्तो लक्षण देखिएका बिरामीको संख्या बृद्धि भएको छ, इन्फुलुन्जा हो की कोभिड अन्योलमा छौं, परीक्षण गर्ना लगाएका छौ ।’ एकजसय जना विरामीमा २५ जना उच्च ज्वरोका विरामी भेटिएका छन् । उनीहरुमा उच्च ज्वरो छ, केहीमा डेंगु, कोभिड, झाडापखाला, भइरल ज्वरो भेटिएका छन् । वर्षातमा पानी प्रदुषीत हुदा लाग्ने रोगहरुपनि भेटिएको छ डाक्टर पौडेलले भन्नुभयो ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार बहिरंग बिभागमा र भर्नामा आउने बिरामीको संख्या बढेको छ । मौसम परिवर्तनका कारण बिरामीको संख्यामा बृद्धि आएको छ । सामान्य ज्वरो, रुघा, खोकी देखिएर आउने बिरामीको संख्या बढि रहेको उहाले बताउनुभयो ।
अहिले भारतपुर अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये दैनिक तीन सय जना भाइरल ज्वरो, खोकी, रुघाका बिरामी रहेका छन् । ज्वरोका बिरामी बढ्दै गएपछि चिकित्सकहरुले डेंगु, कोरोना, स्क्रफटाइपसलगायतका रोगको परीक्षण समेत गराउन थालेका छन् ।
अस्पतालका अर्का फिजिसियन डाक्टर प्रतिक न्यौपानले भाईरल ज्वरोबाट बच्नका लागि चिसो खानेकुरा नखान, रुघा, खोकी लागेका बिरामीको आडमा नजान, जनस्वास्थ्यको मापदण्ड पालना गर्न, साबुन पानीले नियमित हात धुन, पानी तताएर मात्रै खान र लामखुटे्टेको टोकाईबाट बच्न सुझाव दिनुभयो । उहाँका अनुसार बिरामीमा निमोनिया र जन्डिसको समस्या समेत देखिने गरेकोले सावधानी अपनाउन आग्रह गर्नुभयो । वृद्ध बालबालिकामा यस्तो समस्या धेरै देखिएको अस्पतालले जनाएको छ । सामान्य रुपमा ज्वरो, रुघा, खोकी भएमा चिकित्सकको सल्लाहामा औषधि सेवन गर्न चिकित्सकको सुझाव छ ।
भरतपुर अस्पताल बाहेक, चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र अन्य अस्पतालमा पनि ज्वरोका विरामीको सख्या वृद्धि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।