लायन्स तथा लियाे क्लबकाेआयाेजनामा बृहत रक्तदान

राजु अधिकारी /भरतपुर, श्रावण १५ ।
भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ।विभिन्न ७ लायन्स क्लव तथा १ लियाे क्लबकाे संयुक्त आयाेजनामा रक्तदान भएकाे हाे।कार्यक्रमकाे उद्घाटन गर्दै लायन्स क्लब डिस्ट्रिक ३२५ आर नेपालका गभर्नर पि एम जे एफ लायन सिद्वार्थलाल चुकेले क्लबहरु मिलेर चितवनमा पछिल्लाे समय देखियकाे रगतकाे चरम अभाबलाई केही हदसम्म भयपनि कमि गर्ने बताउनुभयाे।कार्यक्रमकाे प्रमुख अतिथी समेत रहनुभयका गभर्नर चुकेले लायन्स क्लवहरुले आउँदा दिनहरुमा पनि सामाजिक कार्यहरुमा अग्रसर हुनुपर्नेमा जाेड दिनुभयाे।कार्यक्रममा पास्ट गभर्नर राजकुमार श्रेष्ठ,क्याकिनेट सेक्रेटरी राजेन्द्र गाैतम,डिस्ट्रक एजुकेटिभ चिफ हरि प्रसाद घिमिरे,कृष्ण पाण्डे,शारदा शर्मा पाैडेल,रिजन चियर प्रसन बिनु रायमाझी पाैडेल,लायन्स क्लब अफ भरतपुर युथका प्रेसिडेन्ट सागर पाेख्रेल,लायन्स क्लब अफ चितवन गाेल्डेनका प्रेसिडेन्ट बिनाेद चन्द्र हमाल,लायन्स क्लब अफ भरतपुर फ्रेन्ड्सका प्रेसिडेन्ट सुमन श्रेष्ठ ,लायन्स क्लब अफ भरतपुर चाैतारीका प्रेसिडेन्ट रीता कँडेल,लायन्स क्लब अफ भरतपुर स्मार्ट ओमेनका प्रेसिडेन्ट सावित्री रेग्मी त्रिपाठी,लायन्स क्लब अफ चितवन ताराका प्रेसिडेन्ट शुवास सिलवाल,लायन्स क्लब अफ भरतपुर ईन्द्रेणीका प्रेसिडेन्ट नारायण गिरी तथा लियाे क्लब अफ भरतपुर युथका प्रेसिडेन्ट कृष्ण रिमाल “ह्यारी “लगायतले शुभकामना दिनुभयकाे थियाे।१०१जनाले रक्तदान गर्नुभयकाे थियाे।स्वागत मन्तब्य शारदा कुँबर तथा सुरज पाठकले संचालन गर्नुभएकाे कार्यक्रम राजु पाैडलकाे अध्यक्षतामा सम्पन्न भयकाे थियाे।

शेयर गरौ

ताजा अपडेट