अप्सन एजुकेशन कन्सल्टेन्सीले शैक्षिक तालिमको आयोजना गर्ने

चितवन, १३ फागुन ।
अप्सन एजुकेशन कन्सलटेन्सी नारायणगढको आयोजनामा यही फागुन १५ गते बिद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि शैक्षिक तालिम हुने भएको छ ।
नाराणगढस्थित नारायणी कला मन्दिरमा विद्यार्थीहरुको क्षमता अभिवृद्धिका साथै विद्यार्थीहरुमा आत्मविश्वास जागृत गराउने उद्देश्यले शैक्षिक तालिम कार्यक्रम आयोजना गरिएको अप्सन एजुकेशन नारायणगढ शाखा प्रमुख मनिष थापाले बताउनुभयो । कार्यक्रम विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा युवापुस्ता माझ ख्याती प्राप्त उत्प्रेरक सौनक भट्टले विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने छन् । कार्यक्रममा पाँच सय जना भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहने जनाईएको छ ।
यस कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासका लागि कोसेढुंगा सावित हुने उनको विश्वास छ ।

ताजा अपडेट