राष्ट्रिय चिकित्सक संघ चितवनको अध्यक्षमा डाक्टर प्रतिक न्यौपाने चयन

चितवन १४ साउन । नेकपा (एमाले) निकट चिकित्सकहरुको सङ्गठन राष्ट्रिय चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डाक्टर प्रतिक न्यौपाने चयन हुनुभएको छ ।
शनिबार भरतपुरमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.जयराम अधिकारी र डा. मञ्जु पाण्डे रहनुभएको छ । यस्तै सचिवमा डा.अमित चौधरी, कोषाध्यक्षमा डा. नवराज लामिछाने, उपसचिवमा डा.पल्लवराज पौडेल रहनुभएको छ ।

सदस्यहरुमा डा.रोशन आचार्य, डा.सन्दिप पाण्डे, डा.सुशील अधिकारी, डा.कृष्ण रेग्मी, डा.शशी पौडेल, डा.प्रशान्त आचार्य, डा. सञ्जय साह, डा. नरेन्द्र दराई र डा. टेकेन्द्र गौतम हरिजन रहनुभएको छ । नव निवार्चित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
नेकपा एमालेका सचिव तथा स्वास्थ्य तथा जनसख्या विभागका इन्चार्ज योगेश भट्टराईको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, डाक्टर ओम पाठक, लगायतले मन्तव्इ राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट