चितवन, १४ साउन । नेकपा एमालेका सचिव योगेश भट्टराइले सरकार चलाउने ड्राइभर काँग्रेसबाट समाजवाद आउन नसक्ने बताउनु भएको छ ।
राष्ट्रिय चिकित्सक संघ चितवनको दोस्रो अधिवेशनलाई शनिबार भरतपुरमा सम्वोधन गर्दै उहाले आफूलाई समाजवादी पार्टी भन्नेहरुले सरकार चलाउने ड्राइभिङ सिटमा काँग्रेसलाई राखेर समाजवाद ल्याउछु भन्नु दिवा स्वप्न भएको बताउनुभयो । उहाले भन्नुभयो समाजवादी शक्तिहरु एक हुनको लागि व्यवहारपनि समाजवाद जस्तो हुनु पर्नेमा जोड दिनुभयो । उहाले पूजीवादलाई आत्मसाथ गर्नेलाइ नेता मानेर हिड्नेहरु समाजवादी नहुने बताउनुभयो ।
समाजलाई समुन्नत पार्नको लागि समाजवादी सिद्धान्त भएका कम्युनिष्टहरु एक हुनु पर्दछ उहाले भन्नुभयो ‘कम्युनिष्टहरु एक भए मात्र देशले छिटो निकास पाउँछ ।’ सरकारले स्वास्थ्य विमा कार्यक्रम निजी स्वास्थ्य सस्थाबाट हटाउने नीति सरकारले ल्याएकोमा विरोध गर्दै उहाले भन्नुभयो ‘ स्वास्थ्य विमा सम्वन्धी सरकारको धारणा गलत छ, पैसाबाट जनतालाई सुविधा दिन ल्याएको विमाबाट सबै नेपाली आवद्ध हुनु पर्दछ ।’ विमालाई अझ प्रभावकारी बनाउनु पर्नेमा सरकारले झन्झट मानेर कार्यक्रमलाई असफल बनाउन लागेको बताउनुभयो ।
उहाले स्वास्थ्य क्षेत्रलाई सुधार गर्न २०३५ सालमा ल्याएको ऐनलाई संसोधन गर्नु पर्नेमा जोड दिनुभयो । एमाले पार्टीले संसद वैठकमा यो विषयलाई सकारको ध्यानाकर्षण गराइ सकेको छ उहाले भन्नुभयो विद्ययक ल्याएर भएपनि सुधार गर्नु पर्दछ, विद्यमान औषण ऐन व्यवहारिक छैन । नेकपा एमालेको स्वास्थ्य तथा जनसख्या विभाग प्रमुख समेत रहनु भएका नेता भट्टराइले जनतालाई आधारभुत आवश्यकतामा रहेको स्वास्थ्य सेवा समेत दिन सरकार असफल भएको बताउनु भएको छ ।
सवै जनताको पहुचमा स्वास्थ्य सेवा पुग्नु पर्दछ उहाले भन्नुभयो विभेद रहित व्यवहार सरकारको हुनु पर्दछ । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनु पर्नेमा जोड दिनुभयो । यस्तै गरी नेता भट्टराईले नेकपा एमाले भरतपुर महानगर कमिटीको विस्तारित वैठकलाई सम्वोधन गर्दै नेकपा एमालेले आउदो निर्वाचनमा सवैभन्दा धेरै सिट जित्न सक्ने बताउनु भएको छ । आउदो निर्वाचनमा विगतका कमजोरीलाई हटाएर पार्टीको निर्देशन र सकुलरलाई लागु गर्न निर्देशन दिनुभयो ।
चिकित्सक संघको कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले डाक्टरहरु सेवा भन्दा पैसा मुखी भएको भन्ने गुनासो जनताबाट आएकाले त्यसलाई मनन् गर्न अनुरोध गर्नुभयो । स्वास्थ्य क्षेत्रमा रहेका वेथितिलाई सुधार गर्न डाक्टरहरुकै सल्लाह सुझाव पार्टीको लागि महत्वपूर्ण भएको भन्दै लिखित रुपमा सल्लाह दिन अनुरोध गर्नुभयो । शनिबार भएको राष्ट्रिय चिकित्सक संघ चितवन दोस्रोे अधिवेशनबाट डाक्टर प्रतिक न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् ।