चितवन, १२ साउन । चितवनको जोरकुसुममा पार्कको डिलमा सफा गर्दै गरेका एकजना पुरुष चिप्लिदा नारायाणी नदीमा खसी वेपत्ता भएका छन् ।
नारायणगढ बजारबाट उत्तर तर्फ रहेको जोरकुसुम पार्कमामा घाँसपात सफा गर्दै गरेका भरतपुर –२ क्षेत्रपुर घर भएका ४५ वर्षीय रमेश खनाल चिप्लिदा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
नारायणी नदीको डिलमा रहेको पार्क पर्यटकीय क्षेत्र हो । यहाँ विहान वेलुका स्थानीयहरुको भिड लाग्ने गर्दछ । नारायणी नदीको डिलमा बोटाविरुवा लगाइएको छ । त्यही विरुवाको घाँसपात सफा गर्दा गोरखा आरुघाट घर भइ क्षेत्रपुरमा वस्दै आउनु भएका खनाल साँझ ५ बजे चिप्लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिनुभयो । वेपत्ता खनालको खोजी कार्य भइराखेको प्रहरीले जानकारी दिएको छ ।