चितवन, १२ साउन । उपचारमा लापरवाहीको कारण विरामीको मृत्यु भएको भन्दै भरतपुर अस्पतालका चिकित्सक र नर्सलाई मृतकका आफन्तले थुनिदिएका छन् ।
भरतपुर महानगरपालिका वडा नं. १५ पार्वतीपुरका शोभा लम्साल र राम लम्सालको ३ महिनाको छोराले दुध खान नमानेपछि विहीबार विहान ९ः३० बजे उपचार गर्न ल्याएका थिए । चिकित्सकले हेरेपछि भर्ना गरी रगत परीक्षणका लागि पठाएका थिए । नर्सले रगत निकाल्न अटेर गरी जन्मदिन मनाएर वसेपछि उपचार नपाएरै भान्जाको मृत्यु भएको मृतक बालकका मामा आशिष उपरकोटीले आरोप लगाउनुभयो ।
अस्पतालका नर्स र चिकित्सकको लापरवाहीको कारण समयमा परीक्षण गर्न नपाउदा बालको दिउसो २ः३० बजे मृत्यु भएको मामा उपरकोटीले बताउनुभयो । उपचारमा लापरवाही गर्ने चिकित्सक र नर्सलाई कार्वाहीको माग गर्दै मृतकका आफन्तले कोठा भित्र राखेर ताला लगाएका थिए । उपचारमा भन्दा नर्स जन्मदिन मनाउन व्यस्त हुदा अकालमा मृत्यु हुन पुगेको उहाले बताउनुभयो । विरामीको स्वास्थ्यमा खेलवाड गर्ने विरुद्ध उजुरी दिन बालकका मामा उपरकोटीले जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी दिन गएका थिए । प्रशासन कार्यालय पुग्दा ५ बजेकाले बन्द भएको थयो । शुक्रबार उजुरी दर्ता गर्ने उहाले जानकारी दिनुभयो ।
उपचार हुदा हुदै बालकले आमाको दुध खादा सर्किएपछि मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताउनुभयो । उपचार हुदै थियो आमाको दुध चुस्दै गर्दा सर्किएछ यस्तो बेला कसरी लापरवाही हुन्छ उहाले भन्नुभयो । थुनिएका चिकित्सक र नर्सलाई झ्याल खोलेर बाहिर निकालिएको छ पौडेलले भन्नुभया । अस्पतालमा मृतक बालकका आफन्त र अस्पताल प्रशासन बिच छलफलको तयारी भएको छ ।
अस्पतालमा उपचारमा आएका विरामीको त्यहाँका चिकित्सक र नसैको लापरवाहीको कारण मृत्यु भएको भन्दै अस्पताल प्रशासन र सेवाग्राही बिच पटक पटक तनाव हुदै आएको छ ।
