चार वर्षदेखि एसइइमा ल्याए वाल्मीकिका विद्यार्थीले ४ जीपीए

चितवन १२ साउन । भरतपुरको बाल्मीकि शिक्षा सदनले लगातार चारवर्ष वर्षसम्म एसइइ परीक्षामा ४ जीपीए ल्याउन सफल भएको छ ।
२०७८ को एसइइ परीक्षामा सनिश सापकोटाले ४ जीपीए ल्याउन सफल भएका छन् । यो संगै चौथोपटक जीपीए ल्याएको वाल्मीकि शिक्षा सदनका प्रिन्सिपल प्रदीप पौडेलले बताउनुभयो । सापकोटा निजी क्षेत्रको विद्यालयबाट नेपाल प्रथम भएको दाबी उहाले दावी गर्नुभयो । उहाका अनुसार सबै विषयमा सनिशले ४ जीपीए ल्याएका छन् । सापकोटा मेधावी छात्र रहेका प्रिन्सिपल पौडेलले बताउनुभयो । हामी दाबीका साथ भन्छौँ चार जीपीए ल्याउने वाल्मीकि नै हो । सनिश नै नेपाल प्रथम हुने एकमात्र विद्यार्थी हुन् ।’
विद्यालयका अनुसार वाल्मीकि शिक्षा सदनबाट २०७५, २०७६, २०७७ र २०७८ गरी नियमित ४ जीपीए ल्याउने एकमात्र संस्थागत विद्यालय भएको बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट