नेपाल भारतमा धुम मच्चाउदै अभिलासाको हरहर शम्भो भजन

 

चितवन । भारतको उडीसाकी अभिलिप्सा पण्डाले स्वर दिएकी हरहर शम्भो भजनले अहिले सामाजिक सञ्चालदेखि सवै क्षेत्रमा धुम मच्चाएको छ ।
फरक शैलीबाट शुद्ध उच्चारणका साथ सस्कृत भाषामा स्वर दिएकी पण्डाको भजन युवादेखि वृद्धासम्मले रुचि पूर्वक सुनेका छन् । एक पटक सुनेपछि दोहो¥याएर नसुन्ने कमै छन् । युटुवमा अपलोड गरिएपछि यो भजन अहिलेसम्म दुइ करोड ५० लाखपटक हेरिसकिएको छ । उनले गाएको यो भजन ७ मिनेट १८ सेकेण्डको रहेको छ भने छोटो बनाएर राखिएका दर्जनौ भिडियो लाखौ पटक हेरिएको छ । पण्डासंग लिएका अन्तवार्ताहरुपनि युटुवमा लाखौ पटक हेरिएका छन् ।
भारतीय संगीत बजारमा पण्डाको गीतले धुम मच्चाएपछि स्थापीत गायकहरुलाई चुनौति थपिएको छ । पण्डाको भजनमा जीतु शर्माले साथ दिएका छन् । शर्माले शब्द भरेका छन् । पण्डाको यो भजन युटुव, टिकटक, इन्स्ट्राग्राम, टुइटर, फेसवुबमा भाइरल छ ।
उडीसाको वर्वे टाउन घर भएकी पण्डाले गाएको पहिलो भजन नै भाइरल भएपछि उनको बारेमा जानकारी लिन सञ्चारकर्मीहरुको भिड लागेको छ । ‘यती धेरै चर्चित हुन्छ भन्ने लागेको थिएन ’ उनले भनिन् ‘भोले नाथको कृपाले गर्दा सवैले मन पराएका हुन् ।’ जन्मेदेखिनै हजुर आमाले गायत्री मन्त्र सिकाएर सस्कृतको बारेमा जानकारी गराउनु भएको थियो ।
हजुरवुवाले पनि भजन सुनाउनु भएको थियो । उडीसामा मलाइ सास्कृतिक संगीत सिाउनु भएको थियो । गीतको प्रशिक्षण लिए । स्टुडियोमा पनि गाउन थाले । २०१७ मा तालिम लिए । कराते शिक्षकले रियालिटी शोमा जान अनुरोध गर्नुभयो । मैले स्वर दिएको एउटा भजन सामाजिक सञ्चालमा मेरो भिडियो राखेछन् । एक दिन कलेजको छुट्टी मिलाएर गीत रेकर्डिङ गरेको थिए हरहर शम्भो अहिले आएर चर्चित भएको छ । युटुवले यो भजनलाई लाइभ बजाइ राखेको छ ।
करातेमा ब्लाक वेल्ड प्राप्त पण्डा सन् २०१९ मा राष्ट्रिय गोल्ड मेडर प्राप्त गरेकी थिइन । सवै भाषाका गीत गाउन मन लाग्छ उनले भनिन् । हिन्दी उडीसा सवैको गीत गाउन मल लागेको छ । हिन्दीमा किशोर कुमारको गीत धेरै मन पर्ने उनलाई घरपरिवारले संगीत क्षेत्रमा लाग्न सहयोग गरेका थिए ।
अध्ययनलाई प्राथमिकता दिदै संगीतलाई अगाडि वढाउने पण्डाले बताइन । जीवन रहेसम्म कला छाड्न सकिदैन चाहे जुन अवस्थामा रहेपनि । व्राम्हण परिवारमा जन्म लिएकी उनले भनिन् सस्कृति भाषाले मेरो स्वरमा निखारता दिएको छ । साउन महिनामा थप शिव भगवानको भजन गाउने छु । १२ कक्षाको परीक्षा दिएर वसेकी उनको घरमा वुवाआमा र एक वहिनी रहेकी छिन् ।
उनले अहिलेसम्म हरहर शम्भु, भोलेनाथ जी, मञ्जील केदारनाथ, कालकी अवतार उडीसा भाषामा, जय केदारनाथ । ६ दिनमा नै १.६ मिलियन क्रम भएको छ ।
पण्डाको हरहर शम्भो यस लिंकमा हेर्न सकिन्छ ।

 

 

 

ताजा अपडेट