सामुदायिक बिद्यालयलाई गुणस्तर सुधारमा लाग्न भरतपुर महानगर प्रमुख दाहालको आग्रह

चितवन ः
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्रका सामुदायिक बिद्यायहरुले गुणस्तरमा सुधार गुर्नपर्ने बताउनुभएको छ । सामुदायिक बिद्यालयहरुको गुणस्तर सुधार्न अब परम्परागत शैलीले नहुने भन्दै उहाले परिणाम दिन सक्ने गरि योजनाहरु बन्न आबश्यक रहेको बताउनु्भयो ।
चितवन जिल्लाकैं सबैभन्दा पुरानो बिद्यालय चितवन माध्यमिक बिद्यालयको ६५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई बिहिबार संबोधन गर्दे दाहाललले भन्नुभयो–“अब आलटाल गरेर हुदैन , परिणाम दिन सक्ने गरि बिद्यालयहरुले काम गर्नु पर्दछ ।” उहाले अबदेखि महानगरले शैक्षिक गुणस्तर परिणामका आधारमा विद्यालयहरूलाई पुरस्कार र दण्डको व्यवस्था गरिने बताउनु भयो ।
महानगरपालिकालाई परिणाममुखी शैक्षिक गतिविधि चाहिएकोेमा जोड दिंदै प्रमुख दाहालले भन्नुभयो, ‘हिजो जे जे भयो त्यसलाई छाडांै, अब परिणाममुखी शिक्षा चाहिन्छ ।’ कार्यक्रमको प्रमुख अतिथि रहनु भएकी दाहालले अबको आवश्यकता वैज्ञानिक र व्यावहारिक शिक्षा भएको बताउँदै शिक्षाको गुणस्तर वृद्धि विना शैक्षिक विकास हुनै नसक्ने बताउनु भयो । उहाँले शिक्षक, विद्यार्थी र अभिभावकहरूको सामुहिक प्रयास र दृढ संकल्पबाट शैक्षिक गुणस्तर विकास गर्न सकिने बताउनु भयो ।
स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय निकायलाई माध्यामिक स्तरका शिक्षण संस्थाहरूको नियमन, अनुगमन र संरक्षण गर्ने दायित्व प्राप्त भएको जनाउँदै उहाँले भरतपुर महानगरपालिकाले सोही बमोजिम कार्यक्रमहरु अगाडि बढाइरहेको बताउनु भयो । उहाँले शिक्षक, शिक्षिकाहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेकोले महानगरपालिकाले सोही बमोजिम योजना बनाउने बताउनुभयो ।
कर्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख दिपेन्द्र सुवेदीले पर्याप्त स्रोतसाधन रहेको विद्यालयले शैक्षिक विकासमा फड्को मार्नुपर्ने धारणा राख्दै विगतलाई छोडेर जिल्लाकै नमुना परिणाम दिने दिशामा विशेष कार्ययोजना बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काग्रेस चितवनका सचिव उत्तम जोशी , चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक हरिश्चन्द्र न्यौपाने , बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु राजेश्वर खनाल,नगेन्द्र घिमिरे, बिज्ञ समुहका संयोजक जगदिश्वर खनाल ,बिज्ञ समुहका सदस्य भानु प्रसाद उपाध्याय , चेम्बर अफ कर्मस चितवनका अध्यक्ष दिर्घमान श्रेष्ठ , शिक्षक अभिभावक संघ चितवन माध्यमिक बिद्यालयका अध्यक्ष ज्ञान बहादुर पाख्रिन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम लामिछाने अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक मुक्तिनाथ लामिछानेले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन र अध्यक्ष लामिछानेले भावि योजनाहअरु प्रस्तुत गर्नुभएको थियो ।
सो अबसरमा विद्यालयमा अध्यनरत उत्कृष्ट छात्रछात्रा, चन्दादाता, शिक्षक, शिक्षिकाहरुलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने शिक्षकहरुमा अच्युत पौडेल , चिरन्जिवि पौडेल , सुजता पोखरेल , नगेन्द्र कुमार श्रेष्ठ , कमल भट्टराई रहेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको चितवन माध्यमिक विद्यालय बि.स. २०११ म स्थापना भएको हो । हाल सो बिद्यालयमा कक्षा १ देखि १२ सम्म करिब ८ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

शेयर गरौ

ताजा अपडेट