चितवन, १० साउन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पछिल्लो प्रविधिका विषयमा अध्ययन गरेर मात्र विकास निर्माणका योजनामा लाग्न जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।
नेकपा एमाले चितवनले भरतपुरमा मंगलबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उहाले पुराना र परम्परावादी सोचबाट माथि उठेर काम गर्न सुझाव दिनुभयो । उहाले भन्नुभयो ‘प्रविधिको विकासले समाजलाई परिवर्तन गर्दछ, यो तथ्यलाई हामीले समयमा नै बुझन सक्नु पर्छ ।’ युरोपमा गाडी र सडक भन्दा पहिला रेल निर्माण भए । त्यही अनुसार रेल स्टेशन केन्द्रीत सहरको विकास भएको छ । उनीहरुले अहिले धेरै विकासका फड्को मारेका छन् ।
नेपालमा भने सडकको विकास भयो सवारी साधन आए । सडक निर्माणले जथाभावी जमिनको खण्किरण भयो त्यही अनुसार अव्यवस्थित सहर निर्माण भए । त्यस्ता सहरमा विकास गर्नको लागि धेरै धनराशी खर्च गर्नु परेको छ उपाध्यक्ष पाण्डेले भन्नुभयो ।
अबको विकास भनेको टेक्नोलोजी मैत्री हुनु हो । अब डेटा केन्द्रीत विकास हुदैछ । जो संग डेटा धेरै छ त्यही व्यक्ति धनी हुनेछ त्यसलै पुराना थोत्रा विषयमा कुरा भन्दा जनप्रतिनिधिहरुले प्रविधिको विषयमा जानकारी लिने र आउदो ५० वर्षमा आफ्नो पालिका कस्तो बनाउने अहिलेदेखिनै त्यही अनुसार काम गर्नु पर्नेमा जोड दिनुभयो ।
उहाले भन्नुभयो ‘आर्टिफिसियल इन्टेलिजेन्सको विकास हुदैछ, सन् २०३० सम्ममा नेपालमानै मानव रहित कार चल्नेछन् ।’ विगतको भन्दा छिटो नयाँ प्रविधिको विकास र त्यसको उपयोग यही पुस्ताले गर्नु पर्ने हुन्छ । एमालेका जनप्रतिनिधिहरुले जनताको आवश्यकता माग, युवाहरुको सोच, समाजको मागलाई ध्यान दिएर काम गर्न निर्देशन दिनुभयो ।