आउदो निर्वाचनमा पार्टीले जित्नेगरी काममा लाग्न महासचिव पोखेरलको निर्देशन

चितवन, १० साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनमा भन्दा परिणाम आउने गरी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
मंगलबार भरतपुरमा नेकपा एमाले चितवनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा वौलदै उहाले आफूले भन्दा पार्टीले जित्नेगरी आउदो निर्वाचनमा लाग्न निर्देशन दिनु भएको हो । उहाले प्रतिरोध क्षमता वृद्धि गरेर आगामी निर्वाचनको तयारीमा लाग्नु पर्दछ भन्दै विगतमा जस्तो उर्जा र जोशका साथ काम गरेपछि मात्र परिणाम आउने बताउनुभयो । ‘वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमाले कार्यकर्ताको प्रतिरोधी क्षमता कमजोर भएकै कारण हामीले हार वेहोर्नु परेको हो ’ उहाले भन्नुभयो ‘ अब हुने निर्वाचनमा त्यो गल्ती दोहो¥याउने होइन, उर्जाका साथ लाग्नु पर्दछ ।’
अहिले हामीले जितेको स्थानलाई हेर्दा अलि फरक देखिन्छ महासचिव पोखरेलले भन्नुभयो ‘पहिलो जितेको स्थानमा हारेका छौ, हारेको ठाउमा जितेका छौ । यो तथ्यलाई हामीले मसिनो गरी केलाउदा उमेदवारहरु जनताको माझ कम कार्यकर्ताको माझ धेरै गएको देखिन्छ ।’ मतदातासंग हाम्रो संवाद कम भयो, चुनावी प्रचारमा कर्ताकर्ताले नेता भेटे मतदाताले आफ्ना कुरा राख्न पाएनन्, उहाले भन्नुभयो ।
एमालेले जितेको स्थानलाई केलाउदा अध्यक्ष भन्दा उपाध्यक्षको मत धेरै आएको पाइएको छ । यो तथ्यबाट हामीले आउदो निर्वाचनमा धेरै पाठ सिकेर काम गर्नु पर्दछ उहाले भन्नुभयो । उहाँका अनुसार एक्लाएक्लै निर्वाचनमा लडेको स्थानमा एमालेको २६ प्रतिशत मत भएको पाइएको छ । आशिंक गठवन्धन भएको क्षेत्रमा एमालेको मात्रै ३१ प्रतिशत मत रहेको छ भने पाँच दलिय गठवन्धन भएको स्थानमा एमालेको ४१ प्रतिशत मत रहेको छ । यसले के देखाउदछ भने एमालेलाई हराउन पाँच दल एकठाउमा छन् ।
स्थानीय तहको निर्वाचनबाट एमाले दोस्रो पार्टी भएपनि मतको हिसावले पहिलो पार्टी बन्न सफल भएको उहाले बताउनुभयो । अन्तरिक समस्याको कारणले गर्दा दुइदेखि तीन प्रतिशत मत कमी आएको छ । आउदो निर्वाचनमा आन्तरिक समस्या हल गरेर गयौ भने हामीले सिट सख्या वृद्धि गर्न सक्नेछौ महासचिव पोखरेलले भन्नुभयो तथ्यगत अवस्थालाई हेरेर पार्टीको काममा लाग्न निर्देशन दिनुभयो ।
आफूले टिकट पाए हिड्ने नपाए घरमा वस्ने, नेतृत्वको आलोचना गर्ने, चुनाव जित्दैन भनी प्रचार गर्ने यस्ता सस्कारले गर्दा पार्टीलाई हानी भएको पोखरेलले बताउनुभयो । कार्यक्रममा उहाले नेकपा एमाले देशको पहिलो शक्ति भएको र यो नेकपाको निरन्तरता भएको दाव गर्नुभयो । आफूलाई नेकपा पार्टी बताउने माओवादी केन्द्र र नेकपा एकीकृत सामाजवादीमा नेकपाको अनुहार नदेखिएको बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा उहाले नेकपा फुटाउन प्रचण्ड र माधव नेपालको प्रमुख हात रहेको आरोप लगाउनुभयो । पार्टी भित्रको अन्तरसंघर्षको कारण कुण्ठा, व्यक्तिवादी चिन्तन मात्र रहेको बताउनुभयो । कार्यक्रममा उहाले देशको मुहार फेर्नको लागि एमालेको अपरिहार्यता रहेको दावी गर्नुभयो । काँग्रेसको नेतृत्वले सरकार चलाएमा पुजीवादले नेतृत्व गर्दछ, एमालेले सरकार चलाएमा समाजवादले नेतृत्व गर्दछ । हेर्दा पार्टीको हार जित ले केही हुदैन भन्ने लाग्दछ तर त्यस्तो होइन उहाले भन्नुभयो एमाले हार्नु भनेको देशको विकास नहुनु र जनताले दुःख पाउनु हो ।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले पार्टीको निर्देशनलाई अक्षरस पालना गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य देवी ज्ञवालीले काम र जिम्मेवारी पालना नगर्ने नेताहरुको विवरण पार्टीले राख्ने जानकारी गराउनुभयो । कार्यक्रम पार्टी जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ ।

शेयर गरौ

ताजा अपडेट