उच्च शिक्षाका लागि विद्यार्थीलाई सेन्ट्रल कलेजले छात्रवृती दिने

चितवन १० साउन । उच्च शिक्षा अध्ययनको लागि विदेश पठाउदै आएको सेन्ट्रल कलेज नारायणगढले सामाजिक क्षेत्रमा समेत काम गरेको जानकारी गराएको छ ।
कलेजले भरतपुरमा पत्रकार सम्मेलन गरी विद्यार्थीलाई उच्च शिक्षा संगै सामाजिक क्षेत्रमा आफूले सहयोग गरेको जानकारी गराएको हो । कलेजका प्रिन्सिपल वाइवी पौडेलले ब्यापार भन्दा पनि सेवा र सामाजिक हितमा केन्द्रीत गरेर संघसंस्था, सरकारी निकायसंग समन्वय गरि सामाजिक काम गर्दे आएको बताउनुभयो ।
कलेजले विद्यार्थीलाई छात्रवृती प्रदान गर्दै आएको र आवश्यकता अनुसार छात्रवृतीको सख्या वृद्धि गर्ने बताउनुभयो । अहिले कलेजले उच्च शिक्षा अध्यानका लागि जापान, अमेरीका, क्यानडा, अस्टे«लिया पठाउदै आएको छ ।
चितवन सहित देशका धेरै सहरमा आफ्नो शाखा बिस्तार गरेको छ । अहिले जापान जान चाहाने दलित जनजाती र पछाडी परेका समुदायलाई बिशेष छुट दिने घोषणा गरेको छ । त्यस्तै महिला विद्यार्थी र बाहीरी जिल्लाबाट चितवन, नवलपुरमा आएर डेरा गरी बस्ने बिद्यार्थीलाई पनि सहुलियत प्रदान गरिएको कलेजका प्रिन्सिपल पौडेलले बताउनु भयो । कलेजले आर्थिक अवस्था कम भएका बिद्यार्थीहरुलाई मध्यनजर गर्दै बिदेशका थोरै शुल्क लिने गुणस्तरिय र छात्रबृति प्रदान गर्ने कलेजहरुमा पठाउन जोड गर्ने बताउनु भयो ।
कलेजले जापानको नागोया सिटिमा सम्पर्क कार्यालय खोलेको छ भने एक महिना भित्र टोकियो, ओसाका र फुकुवामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ । सेन्ट्रल कलेज चितवनले चितवन जिल्ला फुटवल संघ संग समन्वय गरेर चितवन जिल्ला र आसपासका जिल्लामा खेलाडीको क्षमता बिकासका लागि कामहरु गरिरहेको छ । शनिबार मात्रै जिल्ला फुटवल संघ संग चितवन र नवलपुर संग मिलेर १०० भन्दा बढि फुटवल क्लब संग मिलेर काम गरेको छ ।
फुटवल संगै कलेज स्तरका बिद्यार्थीलाई कुलतबाट जोगाउन बिद्यालयमा सचेतना कार्यक्रम, ट्राफिक संग समन्वय गरि ट्राफिक सचेतनाका कार्यक्रम, लगायतका कार्यक्रमहरु गरेको पौडेलको भनाई छ ।

 

शेयर गरौ

ताजा अपडेट