माडी जाने भूमिगत विद्युत तारको समस्या समाधान गर्न पहल गर्छु : मन्त्री यादव

चितवन, ७ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले भरतपुरबाट माडी लैजाने विद्युतको दोस्रो सर्किट तार विछ्याउनको लागि आवश्यक पहल गर्ने बताउनु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज पारी माडी नगरपालिका रहेकाले त्यस पालिकामा आवश्यक परेका अप्ठ्याराहरुको विषयमा निरिक्षणको लागि चितवन आउनु भएका यादवले शनिबार निरिक्षण गर्दै सो कुरा बताउनु भएकोछ । भरतपुरबाट निकुञ्जको बाटो हुदै भूमिगत विद्यु्त प्रसारण गरिएको छ । सिंगल तार मात्र लैजादा समस्या आएपछि माडीमा हप्तौ विद्युत आपुर्ती बन्द हुदै आएको छ ।
डवल दोस्रो सर्किट नहुदा समस्या आएको भन्दै अर्को तार विछ्याउन पुरक इआइएको लागि प्राधिकरणले माग गरेको छ । विश्व सम्पदाको सूचीमा रहेको निकुञ्ज र त्यसको बाटो हुदै अर्को भूमिगत तार ओछ्याउन पुरक इआइए आवश्यक भएको भन्दै विद्युत प्राधिकरण चनौली शाखा र माडी वासीले माग गर्दै आएका छन् । तर निकुञ्ज विभाग र वनमन्त्रालयले पुरक इआइएको लागि अनुमती नदिदा काम हुन सकेको छैन । निरिक्षणका क्रममा मन्त्री यादवले विद्युतको अर्को तार ओछ्याउनको लागि देखिएका जटिलता आफूले फुकाइदिने बताउनुभयो ।
माडीवासीको माग अनुसार वन मन्त्री आएर निरिक्षण गर्नु भएको माडी नगरपालिकाका पूर्व प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । विद्युतको समस्या माडीमा सधै रहेको छ । विद्युत सुविधा जान नसक्दा लैजान धेरै पहल गरेका थियौ अहिले भूमिगत गएको छ तरपनि समस्या आइरहन्छ । समस्या समाधानको लागि अर्को भूमिगत तार विछ्याउनु पर्ने हुन्छ उहाले भन्नुभयो ।
निरिक्षणका क्रममा वनमन्त्री यादवले निकुञ्ज हुँदै गएको हुलाकी सडकको पछिल्लो निर्माणको विषयमा जानकारी लिनु भएको थियो । सडक निर्माण र पुल निर्माणको लागि इआइए आवश्यक पर्ने भएकाले त्यसलाई सहजिकरण गर्न आफ्नो भूमिका रहनुे मन्त्री यादवले बताउनुभयो ।
निरीक्षणको टोलीमा रहनु भएका भरतपुर महानगरप्रमुख रेनु दाहालका अनुसार मन्त्री यादवले तत्काल काम अघि बढाउनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिनु भएको जानकारी दिनुभयो । निरीक्षणमा वन मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेललगायत सहभागी हुनु भएको थियो ।
माडी चितवनको निर्वाचन क्षेत्र नं ३ मा पर्दछ । जिल्लाका दलीय प्रतिनिधि, स्थानीय निकायका प्रमुखहरुसहित नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको एक टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी त्यहाँको समस्याबारे अवगत गराएको थियो । सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिनु भएको थियो ।
मन्त्रीज्यू निकै सकारात्मक हुनुहुन्छ । हामीलाई विश्वास छ निकुञ्जका कारण माडीमा भएको समस्या अब समाधान हुन्छ भरतपुर महानगरप्रमुख रेनु दाहालले जानकारी दिनुभयो । मडी हुँदै जाने हुलाकी सडक स्तरोन्नति, पुल निर्माण, खरकट्टा बगई सडक निर्माण र भूमिगत विद्युतीकरणको काम निकुञ्जकै कारण समस्यामा परेका छन् ।
प्रधानमन्त्रीसँगको भेटमा गरिएको अर्को भरतपुर विमानस्थल विस्तारको प्रस्तावमा गत साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थितिमा भरतपुरमा छलफल गरिएकोे थियो । शनिबार निकुञ्जको क्षेत्रमा भएको निरिक्षणका क्रममा चितवन निकुञ्जका प्रमुख हरिभद्र आचार्य, माडीका नगरप्रमु्ख तारकुमारीकाजी महतो, पूर्व प्रमुख ठाकुर ढकाललगायतको सहभागीता रहेको थियो ।

 

शेयर गरौ

ताजा अपडेट