चितवन, ५ साउन । पृथ्वी राजमर्ग अन्तर्गत चितवनको इच्छाकामना गाउपालिकाको चुम्लिङटारमा वस र माइक्रो भ्यान ठोक्किदा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नाम थर नखुलेको अन्दाजी ३६ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । ती पुरुषको उपचारका क्रममा चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
विहीबार साँझ ६ः३० बजेको समयमा काठमाण्डौबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाण्डौ तर्फ गईरहेको लु २ ख ३५०२ माइक्रो भ्यान एक आपसमा ठक्कर खांदा दुबै सवारी साधनमा सवार यात्रुहरु घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइराखेको छ । मृत्यु हुने पुरुष कुन सवारी साधनको खुल्न सकेको छैन ।
घाइते मध्य एकजनाको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था मध्यम रहको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेहरुमा गुल्मी तम्घास नगरपालिका १ का २७ वर्षीय आशिष, रुपन्देही देबदह ६ बस्ने २६ वर्षीय लक्ष्मी श्रेष्ठ, सुनसरी हरिनगर गाउपालिका ५ का ४३ वर्षीय प्रकाश कुमार मेहेता, भ्यान चालक रुपन्देही बुटवल उपमहानगरपालिका २ का २५ वर्षीय कमल दर्जी गम्भिर रहेका छन् । अन्य घाइतेहरुमा भ्यानका साहु नवलपरासी सुनौल नगरपालिका ७ बस्ने ३० वर्षीय कृष्ण बहादुर राक्स्य, चितवान भरतपुर ११ भोजाडका ३७ वर्षीय शुसिला पौड्याल, सोही स्थानका १२ वर्षीय दिप शिखा पौड्याल, १० वर्षीय दिप्सन पौड्याल रहेका छन् ।
त्यस्तै गरी नवलपुर गैडाकोट नगरपालिका २ र्का ४० वर्षीय पार्वती ढकाल, गुल्मी मदाने गाउपालिका ६ का ४० वर्षीय कृष्ण बहादुर घर्ती क्षेत्री, नवलपरासी अरुणखोला मध्याबिन्दु नगरपालिका ११ का ३४ वर्षीय बाबुराम परियार, रुपन्देही देबदह गाउपालिका २ का २२ वर्षीय शिब सारु, नवलपुर गैडाकोट नगरपालिका २ का १२ वर्षीय नुतन ढकाल रहनु भएको छ । अन्य घाइतेहरुको सनाखत हुदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।