रामकृष्ण आमा समूहकाे आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

चितवन, ५ साउन ।
रामकृष्ण आमा समूह भरतपुर-२ क्षेत्रपुरले आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ ।
क्षेत्रपुरमा भएको शिविरमा पाठेघरकाे मुखकाे क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रम गरिएको आमा समुहकी निवर्तमान अध्यक्ष मिना तिवारीले जानकारी दिनुभयो ।
शिविरमा स्थानीय ६१ जना महिलाले सेवा लिएका थिए । जस्मध्ये २० जनालाई फलाेअप जाँचका लागि स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
शिविरमा प्राविधिक सहयाेग बीपी काेईराला मेमाेरियल क्यान्सर अस्पतालले गरेको हाे । अस्पतालबाट पाँच जना स्वास्थ्यकर्मीकाे टाेली खटिएको थियाे । टाेली प्रमुख तारा दवाडीले बेलैमा स्वास्थ्य जाँच गरे जाेखिम कम हुने भन्दै खानपिन र सरसफाइमा ध्यान दिन सके क्यान्सर राेगबाट जाेगिन सकिने बताउनुभयो ।
रामकृष्ण आमा समुहकी अध्यक्ष संगिता अधिकारीकाे सभापतित्वमा भएको कार्यक्रममा वडा स्तरीय आमा समुहकी अध्यक्ष मिन्द्राकुमारी श्रेष्ठ प्रमुख अतिथि रहनुभएकाे थियाे । रामकृष्ण टाेल बिकास संस्थाकी अध्यक्ष तुलसी श्रेष्ठ , समाजसेवी रामकृष्ण गुरुङ अतिथि हुनुहुन्थ्यो । सबिना गुरुङले संयाेजन गर्नुभएको शिविरमा सदस्य मिनु सुनारले स्वागत मन्तब्य राख्नुभयाे ।
शिविरमा सहभागीहरुले आमा समुहले यस किसिमको स्वास्थ्य शिविर सञ्चालन गरेकोमा खुसी ब्यक्त गरे ।

शेयर गरौ

ताजा अपडेट