चितवन, ४ साउन । संकृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले भरतपुरको विमानस्थल विस्तारको लागि एक्सनमा उत्रिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
बुधबार भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर विमानस्थल विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको कामले अब गति लिने बताउनुभयो ।
विमानस्थल विस्तार नहुदा यहाँ १८ सिटे विमानमात्रै आवतजावत गर्ने अवस्थामा आईसकेको भन्दै यहाको समस्यालाई आफूले वुझेरै दीर्घकालिन समाधानको लागि काम गर्ने बताउनुभयो ।
‘०७५ सालपछि गठन भएको मन्त्रीमण्डलमा म ७ औँ मन्त्री हुँ’ उहाँले भन्नुभया े‘ सातलाई लक्की सेभेन पनि भन्ने चलन छ , म फेरि खेलकुद कै मान्छे हुँ, संयोग मिलेको छ , भरतपुर विमानस्थल अब पक्का विस्तार हुन्छ ।’ पर्यटनमन्त्री श्रेष्ठले विमानस्थल विस्तारबारे मन्त्रालयले उच्च प्राथामिकतामा राखेकाले यसका लागि बजेट विनियोजन गरी कामलाई अगाडि बढाउने उहाँको भनाई छ ।
भरतपुर महानगरपालिका देशको मध्य भागमा भएकाले पनि कम्तीमा पनि १२ देखि १६ घण्टासम्म ७२ सिट क्षमताको ठूलो जाहज ल्याण्ड गराउन मिल्ने गरी विमानस्थल विस्तारको आवश्यकता औल्याउनुभयो ।
‘महानगरले भरतपुर भ्रमण वर्ष २०८० घोषणा गरी सकेको छ’ उहाँले भन्नुभयो ‘यसका लागि पनि विमानस्थल रात्रीकालिन उडान पनि गर्नु पर्यो । विमानस्थल विस्तारको काम अगाडि बढाउन कुनै बाधा पनि छैन । चितवनबासी यसमा एकजुट हुनु भएकै छ । विस्तारको काममा नेपाली सेनाको पनि पूर्ण साथ छ । कामले अब सार्थकता पाउँछ ।’
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विमानस्थल चितवन जिल्लाका लागि मात्र होईन, अन्य छिमेकी जिल्लाका बासिन्दाको लागि पनि आवश्यक रहेको बताउनुभयो ।
विमानस्थल विस्तार गर्न मापदण्ड विपरितका संरचनालाई हटाउन महानगरपालिका तयार रहेको बताउँदै मेयर दाहालले चौविसकोठीबाट पश्चिम जाने बाटो विमानस्थलको तल्लोभाग, अण्डरग्राउण्ड वा नहर हुँदै लान सकिने विचार व्यक्त गर्नुभयो ।
नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भरतपुर विमानस्थलको विस्तारमा ढिलाई नहुने स्पष्ट पार्नुभयो ।
भरतपुर विमानस्थलको दक्षिणतर्फ घरहरु मापदण्ड विपरित निर्माण भएपछि विमान अवतरणमा जोखिम हुँदै आएको छ । देशका धेरै जसो विमानस्थलमा रात्रीकालिन उडान हुँदै आएपनि भरतपुरमा भने धावनमार्गको लम्बाई अपुग भएकाले उडान गर्न सकिएको छैन । अहिले भरतपुर विमानस्थलको धावनमार्गको लम्बाई १२ सय मिटरछ । उत्तरतर्फको नेपाली सेनाको घोडा प्रजजन केन्द्र रहेको स्थानलाई वढाएर थप १ हजार मिटर बढाएर ७२ सिटे विमान र रात्रीकालिन उडान भर्न सकिन्छ ।