काठमाडौं ४ साउन । आगामी निर्वाचनअघि नै नेपालका कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ । यसका लागि शीर्षनेताबीच सामूहिक एवं ‘वान टु वान’ छलफल भइरहेको छ ।
राजधानीमा मंगलबार तीन कम्युनिस्टबीच पार्टी एकीकरण’दयगत छलफल भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका शीर्षनेताबीच पार्टी एकीकरण छलफल भएको हो ।
तीन कम्युनिस्ट एकीकरण प्रयास
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य वर्षमान पुन, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र अभियान संयोजक वामदेव गौतमलगायतबीच छलफल भएको छ ।
छलफलमा तत्कालीन नेकपा हुँदाका बहुमत सचिवालय सदस्य सहभागी छन् । उनीहरूबीच यसअघि पनि एकीकरण विषयमा छलफल भइसकेको छ । तत्कालीन नेकपा विभाजन भएर विभिन्न समूहमा कम्युनिस्ट पार्टी विभाजित भएपछि एकीकरणका लागि दबाब बढेको हो ।
हालै, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपालमा आएका बेलासमेत कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि दबाब दिएका थिए । शीर्षनेतासँग भेटघाट गर्दै चिनियाँ नेताले पार्टी एकीकरणका लागि कडा दबाब दिएर स्वदेश फर्किएपछि नेपाल कम्युनिस्ट पार्टीका शीर्षनेताबीच छलफल सुरु भएको दाबी गरिएको छ ।
माओवादी केन्द्र अध्यक्ष प्रचण्डले तत्कालीन नेकपाका बहुमत सदस्यबीच एकीकरणसहितका विषयमा छलफल भएको जानकारी दिए । छलफलपश्चात् सञ्चारकर्मीसँग गर्दै प्रचण्डले हालको सत्तारूढ पाँच दलीय गठबन्धन जोगाएर अगाडि बढ्ने र कम्युनिस्ट पार्टीबीच एकीकरण विषयमा साझा मत रहेको बताए ।
‘आज ९मंगलबार० नेकपाकालीन सचिवालयका बहुमत सदस्यको बैठक बस्यो, यसअघि पहिलो बैठक असारमा भएको थियो, मुख्यतः सबै पार्टीले गठबन्धन गरेर जाने निर्णय गरेका छन् । गठबन्धन गरेर जाने नै भन्ने भएको छ,’ प्रचण्डले भने, ‘त्यस’दयगत पनि चर्चा गरेका छौं । गठबन्धन कायमै राखेर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष हो । तर, यसलाई अझै प्रभावकारी बनाउने भन्ने छ ।’
कम्युनिस्ट पार्टीबीच एकीकरण गर्ने विभिन्न विकल्प’दयगत समेत छलफल भएको उनले जानकारी दिए । प्रचण्डका अनुसार तत्कालीन नेकपाका बहुमत सदस्य सहभागी बैठकमा पार्टी एकीकरण’दयगत समेत छलफल भएको छ ।
‘अर्कोतिर हामी हिजो एकै पार्टी सचिवालयमा थियौं । त्यसका बहुमत सदस्य अहिले छलफल गरिरहेका छौं,’ उनले भने, ‘हामीबीच पार्टी एकीकरण’दयगत कुरा भइरहेको छ । बाबुरामजीसँग पनि आजै ९मंगलबार० पार्टी एकीकरणमै केन्द्रित भएर कुरा भएको छ । अहिले जतिसँग छलफल भएको छ, ती सबैसँग एकैखाले चर्चा गरेका छौं । हेर्दै जानुहोला, सकारात्मक नतिजा आउँछ ।’
शीर्षनेताबीच छलफल हुनुअघि दाहाल र जसपा परित्याग गरेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईबीचसमेत कम्युनिस्ट पार्टी एकीकरण विषयमा छलफल भएको छ । छलफलमा भट्टराईले समाजवादी केन्द्र स्थापना गरेर अगाडि बढ्नुपर्ने प्रस्तावसमेत गरेका छन् ।
त्यसअघि वामदेव गौतमले यी नेतासँग ‘वान टु वान’ छलफल गर्दै कम्युनिस्ट पार्टीबीच छलफल गरेका थिए । सबै नेतासँग एक्लाएक्लै छलफल गरेका गौतमले कम्युनिस्ट पार्टीबीच ‘जसरी पनि एकीकरण हुनुपर्ने’ दबाब दिँदै आएको अभियान प्रवक्ता निमकान्त पाण्डे बताउँछन् ।
‘विचार मिल्नेसँग आगामी निर्वाचनअघि नै पार्टी एकीकरण, त्यो पनि नभए वाम एकता र त्यो पनि नभए वाममोर्चा बनाएर अगाडि बढ्ने विषयमा छलफल भइरहेको छ,’ पाण्डेले भने, ‘एमाले अध्यक्ष केपी ओलीको दम्भ अझै घटेको छैन, एमालेबाहेकका सबै कम्युनिस्ट पार्टीबीच एकीकरण वा तालमेल गरेर अगाडि बढ्ने’दयगत छलफल भइरहेको छ ।’
नेकपा एसको ‘वाम एकता पहल
यसैबीच, एकीकृत समाजवादीको मंगलबार बसेको सचिवालय बैठकले सत्तारूढ कांग्रेससँगको गठबन्धन जोगाउँदै ‘वाम एकता पहल गर्ने’ निर्णय गरेको छ ।
एकीकृत समाजवादी महासचिव डा। बेदुराम भुसालले कम्युनिस्ट पार्टीबीच एकता पहल गर्ने निर्णय भएको बताए । ‘बैठकले विभिन्न चार निर्णय गरेको छ,’ उनले भने, ‘आगामी निर्वाचन सन्दर्भमा वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताका निम्ति पहल गर्ने निर्णय गरेका छौं ।’
भुसालका अनुसार निर्वाचन नजिकिएकाले संगठन सुदृढीकरण अभियान तीव्रतासाथ अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै, समाजवादीले समाजवादसम्बन्धी दस्तावेज पनि तयार गर्ने भएको छ । बैठकले वर्तमान आर्थिक समस्या’दयगत प्रस्ताव तयार गर्ने निर्णय पनि गरेको छ ।
गठबन्धन त्याग्न एमालेको आग्रह
उता, एमाले सचिव योगेश भट्टराईले कांग्रेस गठबन्धन त्यागेर एकतामा आउन माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आग्रह गरेका छन् ।
अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभागले मंगलबार गरेको अन्तत्र्रिmयामा एमाले सचिव भट्टराईले ‘तत्कालीन नेकपाका नेता एक ठाउँमा आउनुको विकल्प नभएको’ बताए । ‘डेढ वर्षलाई इतिहासको कालो वर्षका रूपमा छोड्नुपर्ने’ बताउदै उनले भने, ‘कसले के ग¥यो भनेर धेरै पछाडि नफर्कौं । कसले के ग¥यो भन्नेमा गयौं भने एकअर्कालाई चिथोर्छौं र घाइते बनाउँछौं । त्यसैले अगाडि कसरी जाने सोचौं । कांग्रेससँगको गठजोडको नर्ककुण्डबाट फर्किनुपर्छ ।’
भट्टराईले ‘स्वर्ग जाने हो भने त गोजीमा स्वर्गकै ठेगाना चाहियो । गोजीमा अर्को ठेगाना भयो भने अन्त गइन्छ’ भन्दै ‘आजकाल जीपीएस किन लगाइन्छ भने यसले ठीक ठाउँमा लान्छ । त्यसकारण माओवादी साथीहरू र समाजवादीले जीपीएस लगाउनुप¥यो । बाटो फर्किनुप¥यो, सँगसँगै हुँदै जाऔं’ आह्वान गरे ।
राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको बताउँदै उनले ‘त्यो वामपन्थी आन्दोलन मात्र भएको’ दाबी पनि गरे । ‘कम्युनिस्ट पार्टीबीच एकीकरण नभई कम्युनिस्ट आन्दोलन जोगाउन सकिँदैन,’ उनले भने, ‘त्यसैले पार्टी एकीकरण आजको आवश्यकता हो ।’
राजधानी दैनिकबाट


