चितवनका एमाले जनप्रतिनिधिहरुकाे संकल्प : बिकास, सुशासन र पारदर्शीता

चितवन, ३२ असार ।
नेकपा एमालेबाट चितवनका विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आफुहरु बिकास, सुशासन र पारदर्शीतालाई मुलमन्त्र बनाएर अघिवढ्ने साझा प्रतिवद्दता ब्यक्त गरेका छन् ।
प्रेस चाैतारी चितवनले आज आयाेजना गरेको अन्तरक्रियामा बाेल्दै जनप्रतिनिधिहरुले जनचाहना अनुरुपका काम शुरु गरेको जनाएका हुन् ।
कार्यक्रममा कालिका नगरपालिकाका मेयर बिनाेद रेग्मीले पालिकाकाे सर्वाङ्गिण बिकास, शुसासन निर्माण र पारदर्शीता कायम गर्न कुनै कसर बाकि नराखिने बताउनुभयो ।
बिकासका काममा हुनेगरेका ढिलासुस्ती राेक्न अभियान नै थालेकाे रेग्मीले बताउनुभयो ।
पालिकमा प्रेस मैत्री वातावरण कायम गर्ने जनप्रतिनिधिहरुले प्रतिवद्दता पनि ब्यक्त गरे ।
माडी नगरपालिकाका मेयर ताराकाजी कुमारी महताेले बिकास निर्माण , सुशासन संगै प्रेस मैत्री कार्यसञ्चालनमा आफुहरु सचेत रहेकाे बताउनुभयो ।
रत्ननगर नगरपालिकाका उप-मेयर यादवप्रसाद पाठकले जनप्रतिनिधिले गर्ने राम्रा कामकाे उजागर र खराब कामकाे आलोचना गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
“हामी अत्यन्त ईमान्दारीपूर्वक जिम्मेवारी निभाउने छाै, राम्रा कामकाे उजागर र नराम्रो भएको छ भने आलोचना गरिदिनुस् ।” पाठकले भन्नुभयो ।
एमाले पार्टीले गरेकाे बिश्वास र आम जनताले गरेको भराेसा टुट्न नदिने प्रतिवद्दता जनप्रतिनिधिहरुकाे थियाे ।

कार्यक्रममा एमाले पाेलिट्व्युराे सदस्य देवी ज्ञवाली , जिल्ला अध्यक्ष रामप्रसाद न्याैपाने, जिसस प्रमुख नारायण प्रसाद अधिकारी , ईच्छाकामना गाउँपालिका प्रमुख दानबहादुर गुरुङ लगायतले पनि मन्तब्य राख्नुभएको थियाे ।
प्रेस चाैतारी जिल्ला शाखा चितवनका अध्यक्ष सुवास पण्डितकाे सभापतित्वमा भएको कार्यक्रममा चाैतारी चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पाेखरेल, केन्द्रीय सदस्यहरु तीर्थ नेपाल, प्रतिमा शिलवाल, पूर्व केन्द्रीय सदस्य तिलक रिमाल, बागमती प्रदेश सदस्य कृष्ण खनाल ,रामकान्त पाैडेल लगायतले जनमैत्री शासन र प्रेस मैत्री वातावरणकालागि जनप्रतिनिधिहरुलाई सुझाव ब्यक्त गर्नुभयो ।
कार्यक्रममा चाैतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियाे भने सञ्चालन सचिव मुकुन्द भुषालले गर्नुभएको थियाे ।

शेयर गरौ

ताजा अपडेट