चितवन ३१ असार । कार्यालयमा रक्सी खाएको फोटो खिचेको भन्दै विधुत प्राधिकरण भरतपुर केन्द्रका कर्मचारीले पत्रकार तथा प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्य माथी साङघातिक आक्रमण गरि घाइते बनाएका छन ।
असार मसान्त भन्दै कार्यालय भित्र बिलिङ काउण्टर भित्र ७/८ जना कर्मचारी भएर रक्सी खादै थिए । पत्रकार आचार्य खाइ रहेको स्थानमा पुगेर भिडियो र फोटो खिचेर फर्के पछि कर्मचारीले पछाडि बाट आक्रमण गरेका थिए । रड र धारिलो हतियारले आक्रमण गर्दा आचार्यको हातम ढाडमा चोट लागेको छ । आक्रमण बाट पत्रकार आचार्यको टिसर्ट च्यातिएको छ ।
आक्रमण गरेपछि आचार्य भागेर ज्यान जोगाएका थिए । नजिकै रहेको चितवन पोष्ट कार्यालयमा पुगेर ज्यान जोगाएका थिए । आक्रमण गर्दा कार्यालय प्रमुख त्यही हुदा पनि कुनै वास्ता नगरेको घाइते पत्रकार आचार्यले जानकारी दिनु भयो ।
घटना बाहिर आए लगतै नेपाल। पत्रकार महासङ चितवनका अध्यक्ष नारायण अधिकारी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी आस्मान तामङलाइ जानकारी गराएका थिए । तत्काल प्रहरीको टोलि आएर बिधुत प्राधिकरणमा अनुशन्धान कार्यम जुटेको थियो । घटनाको बेला भएको विवरण हेर्न खोज्दा प्राधिकरणको सिसि फुटेज बिग्रेको अबस्थामा रहेकाले तत्काल केही जानकारी पाउन नसकिएको प्रहरीले जनाएको छ ।
आक्रमण गर्ने कर्मचारी भागेका छन । कर्मचारी भगाएको भन्दै बिधुत कार्यालयका प्रमुखलाइ कार्वाहीको माग गरिएको छ ।जिल्ल्ला प्रहरी कार्यालय चितवनमा राती११ बजे सम्म घटनाकाे विषयमा छलफल भैराखेको पत्रकार महासङ्गका जिल्ला अध्यक्ष नारायण अधिकारीले जानकारी दिनु भयो । उहाले दोषी उपर कार्वाही र कर्मचारी नभेटे कार्यालय प्रमुखमाइ थुनामा राखेर अनुशन्धान अगाडि बढाउने मात्र सर्त रहेको उहाले बताउनु भयो ।