काठमाडौं ,३१ असार । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । संयीय संसद् सचिवालयका अनुसार पहिलो बैठक दिउँसो १ बजे र दोस्रो बैठक दिउँसो ३ बजे बस्नेछ।
पहिलो बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ। यस्तै सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
यस्तै आजै बस्ने दोस्रो बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइनेछ। जसमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन्।