चितवन, १२ फागुन :
साउदी अरेबियाले राजकुमारी रिमा बिन्ट बान्डर अल–साउदलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्ने भएको छ ।
राजकुमारी रिमा साउदी अरेबियाका तर्फबाट राजदूत बन्ने पहिलो महिला बन्नेछिन् । उनले आफ्नो बाल्यकाल अमेरिकाको वासिङ्गटन डिसीमा बिताएकी थिइन् ।
राजकुमारी रिमाका बुबा बन्दर विन सुल्तान अल साउद पनि सन् १९८३ देखि २००५ सम्म अमेरिकाका लागि साउदी राजदुत थिए । अमेरिका र साउदी अरेबियाको सम्बन्ध चिसिएका बेला राजकुमारी रिमालेले अमेरिकाका लागि राजदुतको भूमिका सम्हाल्न लागेकी हुन् ।
टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्यदुतावासमा साउदी पत्रकार जमाल खशोग्गीको हत्या प्रकरणलाई लिएर साउदीको आलोचना भइरहेका बेला रिमाले कुटनीतिक जिम्मेवारी सम्हाल्न लागेकी हुन् । खशोग्जीको हत्यामा साउदी राजकुमार सलमानको संलग्नता रहेको आरोप लाग्दै आएको छ । तर साउदी अरेबियाले सो आरोप अस्वीकार गरेको छ । (एजेन्सी)