चितवनका लाेकप्रिय सांसद कृष्णभक्त पाेखरेललाई बरिष्ठ अधिवक्ताकाे पदवी

चितवन , २९ असार ।

चितवन क्षेत्र नम्वर-२ का सांसद कृष्णभक्त पाेखरेललाई सर्वाेच्च अदालतले बरिष्ठ अधिवक्ताकाे पदवी प्रदान गरेको छ ।
प्रतिनिधि सभा अन्तरगत कानुन न्याय तथा मानवअधिकार समितिका सभापति समेत रहनुभएका पाेखरेलसंग ३० बर्ष बढिकाे कानुन ब्यावसायकाे अनुभव छ ।
नेपालकाे संबिधान-२०७२ काे मस्यौदा निर्माणमा संलग्न पाेखरेलकाे अगुवाइमा दर्जनाै कानुन निर्माण भएका छन् ।
सरल स्वभाव र दक्षताका कारण कानुन ब्यवसायका क्षेत्रमा पाेखरेल अब्बल अधिवक्ता मानिनुहुन्छ ।
कानुन ब्यवसाय संगै राजनीतिमा रहनुभएका पाेखरेल चितवनका लाेकप्रिय जनप्रतिनिधि हुनुहुन्छ । चितवन क्षेत्र नम्वर २ मा लगातार दुईपटक पाेखरेलले लाेकप्रिय मतका साथ निर्वाचनमा जीत हासिल गर्नुभएको थियाे ।
सर्बाेच्च अदालतले पाेखरेल सहित १३३ जनालाई आज बरिष्ठ अधिवक्ताकाे पदवी दिएको हाे ।

शेयर गरौ

ताजा अपडेट