चितवन २९ असार । नेपालको संविधान २०७२ का मस्यौदाकार चितनवका कानुन विज्ञ कृष्णभक्त पोखरेललाई सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधिबाट सम्मानित गरेको छ ।
नेपाल वार एसोसियसन चितवनका पूर्व अध्यक्ष समेत रहनु भएका पोखरेल चितनवका स्थापित अधिवक्ताका रुपमा परिचित हुनुहुन्छ । उहाँ चितवनको निर्वाचन क्षेत्र नंं २ संविधानसभा सदस्य र प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । उहाँ अहिले कानुन न्याय तथा मानवअधिकार समितिको सभापति हुनुहुन्छ । उहाँ नेपालको कानुन निर्माण गर्ने क्रममा विभिन्न देशमा अध्ययनको लागि भ्रमण समेत गर्नु भएको थियो ।
उहाले संबिधानको मस्यौदाकार, मूलूकी अपराध संहिता मस्यौदाको संयोजक, नागरिकता, महिला माथि हुने गरेको हिंसा विरुद्धको न्याय, बलात्कार गरेको ठहर भएमा जन्म कैदलगायत सयौ कानुन निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ । उहाले संयौ विधिहरू निर्माण कार्यमा संग्लग्न साथै विस वर्ष भन्दा बढी कÞानूनी पेशामा संलग्न हुनु भएको छ ।
