खैरहनी, फागुन १२ ।
खैरहनी नगरपालिका १३ मा रहेको दिव्य ज्योति आधारभुत विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको भेलाले दिव्य ज्योति भूपु विद्यार्थी समाज गठन गरेको छ । वि.सं २०४३ सालदेखि सो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले भूपु विद्यार्थी समाज गठन गरेका हुन । संजय दुवाडीको संयोजकत्वमा ११ सदस्यीय रहने गरि समाज गठन गरिएको छ ।
जसको सह(संयोजकमा दिनेश उदास,सचिव सत्यनाराय राउत,सह(सचिव पार्वति ढुङगाना र कोषाध्यक्षमा नमराज न्यौपाने रहेका छन ।
यस्तै समाजको सदस्यहरुमा खेमराज बोगटी,भगवान थापा,संजय रिजाल,केशव कुमार श्रेष्ठ,सुजाव थापा,मणीराम नेपाल सर्वसम्मत चयन भएका छन । यस्तै समाजको आजै बसेको पहिलो बैठकले जिवन कार्कीको संयोजकत्वमा दिपनारायण राउत र सरस्वति बतौला सदस्य रहने गरि तीन सदस्य सल्लाहाकार समिति चयन गरिएको थियो । समाजका संयोजक संजय दुवाडीले समाजलाई रु २५ सय ५ रुपैया सहयोग गर्नुभएको छ । विद्यालयमा अध्ययनरत असाहय,गरिव,जेहेन्दार विद्यार्थीहरुको लागी अक्षयकोष स्थापना गरिएको हो ।