चितवन, २८ असार । नेपाल पत्रकार महासंघ चितवन शाखाले जिल्लाका चारजना जेष्ठ पत्रकारलाई निवृत्तिभरण वितरण गरेको छ ।
मङ्गलबार भरतपुर महानगरपालिकामा आयोजित कार्यक्रमा ६० वर्ष पुगेका चितवनका चारजना पत्रकारलाई मासिक चार हजारका दरले तीन महिनाको रकम वितरण गरेको हो । वैशाख, जेठ र असार महिनाको १२ हजारका दरले भत्ता वितरण गरेको छ । भत्ता पाउनेमा डीआर पोखरेल, मोहन पोखरेल, रेशम बिरही र महेन्द्र श्रेष्ठ रहेका छन् ।
पत्रकारको लागि महासंघले गरेको यो कार्य इतिहासमा महत्वपूर्ण भएको पत्रकार महासंघका सचिव सिर्जना अर्यालले बताउनु भयो । आउदा दिनमा भत्ताको रकम वृद्धि गर्दै लैजाने महासंघ चितवनमा अध्यक्ष नारायण अधिकारीले जानकारी दिनु भयो । महासंघले कोष खडा गरेर भत्ता को सुरुवात गरेको छ भने अब तालिम केन्द्र स्थापना गर्ने लक्ष्य रहेको छ । जग्गा प्राप्ती भैसकेको र अब भवन निर्माण गर्ने तयारी रहेको छ ।
यसै बिच भरतपुर महानगर पालिकाले पत्रकार महासंघ चितवनको जेष्ठ पत्रकार निवृत्तिभरण कोषमा २० लाख रकम सहयोग गरेको छ । महानगर प्रमुख रेनु दाहालले पत्रकारको लागि सम्मान गर्न सहयोग गरेको बताउनु भयो । पेसाबाट जीवनको उत्तरार्ध तर्फ जादा सम्मान स्वरुप केही रकम प्राप्त होस भन्दै कोषमा रकम सहयोग गरेको जानकारी दिनु भयो ।
