चिनियाँ नेता लिउले भेटे एमाले अध्यक्ष ओली

 

काठमाडौँ २८ असार । नेपाल भ्रमणमा रहेका चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । कहेबेर अघि उनीहरुबीचको ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

सीपीसीका नेता लिउले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ सँग झण्डै दुई घण्टा छलफल गरेका थिए । छलफलमा नेपालमा भइरहेको चिनियाँ विरोधी गतिविधि र संभावित कम्युनिष्ट गठबन्धनको बारेमा छलफल भएको थियो । लिउ ६ सदस्यीय टेलीको नेतृत्व गर्दै आइतबार नेपाल आएका थिए । नेपालस्थित चिनियाँ दूतावासले उनको भ्रमणको संयोजन गरेको छ ।

भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु फङ स्यौपिन, छाङ ज्यौछिन, छोइ च्याङ, चङ योया र वन चाङ्ता रहेका छन् । सीपीसीको विदेश विभाग प्रमुख भएपछि लिउले नेपालबाट आफ्नो विदेश भ्रमण सुरु गरेका छन् ।

नेपाल आउनु अघि लिउले असार ९ मा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भर्चुअल संवाद गरेका थिए । लगत्तै असार १६ मा लिउले परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरे । त्यसकै श्रृंखलास्वरुप नेपालका राजनीतिक दलसँग सम्बन्ध विस्तार गर्न लिउ नेपाल आएका हुन् ।

शेयर गरौ

ताजा अपडेट