चितवन, २६ असार । छाला तथा यौन रोग विशेषज्ञ डाक्टर शुभकान्त गौतमले वर्षातको समयमा छालाको विशेष ध्यान दिनु पर्ने बताउनु भएको छ ।
वर्षातको समयमा खेतवारीमा काम धेरे हुने, माटोको काममा लाग्नु पर्ने भएको कारण छालामा हुने रोगको समस्या वृद्धि भएर जाने बताउनुभयो । यो समयमा छाला सुख्खा हुने, लुतो, दाद, एलर्जी, वत्तीमा आउने किराको टोकाइ, अन्य किरा तथा भुसुना जन्य किराको टोकाइले छालामा संक्रमण हुने समस्या आउने गरेको छ । शरिरको बाहिरी अंग छाला भएकाले सवैभन्दा पहिला छालामा नै संक्रमण देखा गर्ने उहाँको भनाइ छ ।
छालाको हेरचाह तथा संक्रमणबाट रोकथामको उपाय अपनाउनु पर्ने दया हेल्थ केयर सेन्टरका डाक्टर गौतमको सुझाव छ । बाहिर हिड्दा तथा काम गर्दा वाहुला भएको कपडा लगाउने, काम गर्दा सकेसम्म पन्जाको प्रयोग गर्ने, अन्य सावधानीको उपाय अपनाउने लगायतका सुरक्षाको सावधानी अपनाउनु पर्ने डाक्टर गौतमको सुझाव छ ।
खानपिनमा समेत ध्यान दिन सकेमा सम्भावित रोगबाट बच्न सकिने उहाले बताउनुभयो । पानीको सेवन धेरै गर्नुपर्ने, सागसव्जीको प्रयोग गर्ने, छालामा कुनै संक्रमण भएमा वा एलर्जी भएमा, कुनै विविरा आएमा चिकित्सकको सल्लाहमा उपचार गर्नु पर्ने उहाले सुझाव दिनुभयो ।
छालामा हुने संक्रमणबाट कसरी बच्ने भरतपुर अस्पताल रोडमा रहेको दया हेल्थ केयर सेन्टरका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर शुभकान्त गौतमको भनाइ यो भिडियो लिंकमा हेरौ ।


