चितवन, २५ असार ।
नेकपा (एमाले ) चितवनले संघ र प्रदेशको आगामी निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरण र सुद्दिकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी जिल्ला कमिटीकाे आज सम्पन्न बैठकले संगठन सुदृढीकरणकालागि यहि असार ३० गते सम्म नयाँ सदस्यता बितरण र साउन १० गते सम्म नवीकरणकाे काम सक्ने निर्णय गरेकाे प्रचार बिभाग प्रमुख रवीकिरण पाैडेलले जानकारी दिनुभयो ।
बैठकले गत बैशाख ३० मा सम्पन्न स्थानीय तहकाे निर्वाचनकाे समिक्षा गर्दै सूर्यध्वजाबाहक उमेदवारलाई मत दिने आममतदातालाई धन्यवाद ब्यक्त गरेकाे छ ।
पालिका स्तरीय समिक्षा यथाशीघ्र सम्पन्न गरी आगामी निर्वाचनकाे तयारीमा जुट्न सम्वन्धित कमिटिलाई निर्देशन दिने निर्णय भएको प्रचार विभाग प्रमुख पाैडेलले बताउनुभयो ।
बैठकले जिल्ला कमिटीका विभिन्न बिभागहरुलाई छिट्टै पुर्णता दिने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो ।
नेकपा ( एमाले )का स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीकाे प्रमुख आतिथ्यता एवम् जिल्ला अध्यक्ष रामप्रसाद न्याैपानेकाे अध्यक्षतामा भएको बैठकमा जिल्ला स्थित अन्य केन्द्रीय नेताहरु पनि सहभागी रहनुभएकाे थियाे ।
