क्षेत्री समाज चितवनकाे अध्यक्षमा बिष्णु बहादुर बस्नेत चयन

चितवन समाचार डटकम, १२ फागुन ।
क्षेत्री समाज चितवनकाे चाैथाे जिल्ला अधिवेशन एवम् नवाै साधारणसभाले बिष्णु बहादुर बस्नेतकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । भरतपुरमा शनिबार सम्पन्न अधिवेशनवाट गठित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा हेमन्त केसी हरि,महिला उपाध्यक्षमा लता केसी अधिकारी,
सचिबमा सुरज पाठक कोषाध्यक्षमा होम बहादुर बस्नेत, र
सह सचिबमा बिरेन्द्र खडेका चयन हुनुभएको छ । त्यस्तै
महिला समितिकाे अध्यक्षमा कल्पना पाण्डे,बरिष्ठ उपाध्यक्षमा तिर्सना थापा सचिबमा जमुना राउत रहनुभएकाे छ ।
अधिवेशन उद्घाटनमा केन्द्रीय अध्यक्ष डाक्टर चन्द्रवहादुर थापा,वरिष्ठ समाजसेवी नारायणसिह कुवर, पुर्व अध्यक्ष धनवहादुर कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभयाे । कार्यक्रम निवर्तमान अध्यक्ष बाबुराम केसीकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

शेयर गरौ

ताजा अपडेट