पत्रकार आचार्य द्वारा प्रेस युनियनको अध्यक्षमा उम्मेद्बारी घोषणा

चितवन २५ असार । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष   दीपक आचार्यले गृह जिल्ला चितवनमा पत्रकार सम्मेलन को आयोजना गरि  युनियनको साउन ६ र ७ गते हेटौंडा हुने नवौं महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उमेदवारी दिने घोषणा गर्नु भएको छ ।
नेपाल प्रेस युनियन चितवनले युनियनको केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहेका आचार्यलाई केन्द्रीय अध्यक्षमा उठाउने निर्णय गरेको छ।

नेपाल प्रेस युनियन चितवनले शनिवार आयोजना गरेको उमेदवारी घोषणा समारोहमा सम्बोधन गर्दै  पत्रकार आचार्यले हाल नेपालको पत्रकारिता विषम परिस्थितिमा रहेको तथा पत्रकारिता कमजोर भयो भने आम नागरिकको सुचनाको हक संकुचित हुने बताउनु भयो ।
आचार्यले स्थानीय मिडिया र पत्रकारहरुको कोरोना संक्रमण न्यूनिकरणमा ठूलो भूमिका रहेको उदारहण दिंदै स्थानीय मिडिया र पत्रकारहरुलाई संघीय सरकार र स्थानीय निकायहरुले सहयोग गर्नु पर्ने बताउनु भयो। प्रेस युनियनको आसन्न निर्वाचनमा मिडिया मैत्री कानुन र पत्रकारहरुको हक हितको मुद्दालाई प्राथमिकता दिएको आचार्यको भनाइ छ।

उमेदवारी घोषणा सभामा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली तथा जिल्ला अध्यक्ष अनिल ढकालले  पत्रकार आचार्यको विजयको लागि सबै जिल्ला शाखा र मतदाताहरुलाई संस्थागत पहल गरिने जानकारी दिनु भयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका वागमती प्रदेशका सह इन्चार्ज शालिग्राम नेपाल, प्रेस संगठनका केन्द्रीय सदस्य  प्रकाश ज्ञवाली, पत्रकार महासङघ चितवनका अध्यक्ष नारायण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट