चितवन, २५ असार ।
लायन्स क्लब ईन्टरनेश्नल डिस्ट्रिक्ट ३२५ आरका क्लवका अध्यक्षहरुलाई दुई दिने प्रशिक्षणात्मक कार्यक्रम चितवनको दासढुङ्गामा आजबाट शुरु भएको छ ।
डिस्ट्रिक्ट गभर्नर सिदार्थलाल चुके र विभिन्न १२२ जना क्लबका अध्यक्षहरु बिच भेटघाट सहित प्रशिक्षण कार्यक्रम राखिएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि क्लबका अन्तर्राष्ट्रिय निर्देशक ईन्डाेर्सि बालकृष्ण बुर्लाकाेटि र गभर्नर चुकेले प्रशिक्षण कार्यक्रमकाे आैपचारीक समारोहका बिच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै गभर्नर चुकेले बर्ष २०२२/०२३ मा डिस्ट्रिक्टले लिएका लक्ष्यहरुबारे प्रकाश पार्नुभयाे ।
गभर्नर चुकेका अनुसार नेपाल लायन्स फाउन्डेसनमा यस बर्ष एक कराेड ५६ लाख रुपैयाँ जम्मा गरिने छ ।
याे काेषकाे रकमबाट क्लवहरु मार्फत बिबिध कार्यक्रम हरु गरिने चुकेले उल्लेख गर्नुभयो ।
मधुमेह राेग, आँखाका समस्या, वातावरण संरक्षण, लायन्स भिलेज कार्यक्रम जस्ता बिषयमा लायन्स क्लबले बिगत देखि गरिआएकाे कार्यक्रमलाई निरन्तरता दिईने गभर्नर चुकेले बताउनुभयो ।
कार्यक्रममा बाेल्दै अन्तर्राष्ट्रिय निर्देशक ईन्डाेर्सि बुर्लाकाेटिले सामाजिक सेवाका कार्यक्रमहरुलाई निरन्तर अघि बढाउन क्लबका अध्यक्षहरुलाई निर्देशन दिनुभयो । क्लबलाई चलायमान बनाउन अध्यक्षकाे प्रमुख भुमिका हुनेभएकाले सबै सदस्यहरुलाई समेटेर अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा पूर्व डिस्ट्रक्ट गभर्नरहरु प्रभातकुमार जाेशि, राजकुमार श्रेष्ठ, जयहरिराज पाण्डे, डिके ढुङ्गाना, फस्ट भिडिजि, आरएस महताे, सेकेन्ड भिडिजि दिनानाथ न्याैपाने सहित अगुवा लायन्सकर्मीहरु सहभागी हुनुभयाे ।
उद्घाटन कार्यक्रम क्याविनेट सचिव राजेन्द्र गाैतमले सञ्चालन गर्नुभएको थियाे ।
प्रशिक्षण कार्यक्रम भाेली असार २६ सम्म चल्नेछ ।