चितवन, २४ असार । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतममाथि भएको आक्रमण प्रयास र दुव्र्यवहार घटनामा दोषीले माफी मागेपछि सहमति गरिएको छ ।
डा. गौतममाथि बिहीबार दिउँसो उहाँकै कार्यकक्षमा हातपातको प्रयास र दुव्र्यवहार भएको थियो । शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा दुवै पक्षबीच सहमति भएको हो । अब आईन्दा यस्तो घटना नदोहो¥याउने शर्तमा सहमति गरिएको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको रोहवरमा भएको उक्त सहमतिमा अस्पतालको स्वास्थ्य सुरक्षाको प्रत्याभूति र शान्ति सुरक्षा कायम हुन सम्बन्धित पक्षहरु प्रतिबद्ध हुने उल्लेख छ ।
सहमति पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. देजकुमार गौतम, उपनिर्देशक डा.कृष्णसागर शर्मा, प्रशासकीय अधिकृत गृहीनारायण महतो, शिला अधिकारी, गोकर्ण सापकोटाले हस्ताक्षर गर्नुभएको छ । यसैगरी नेपाल चिकित्सक संघ चितवनका सचिव डा.सूर्यप्रकाश सापकोटा र आरोपितका तर्फबाट बद्रराम थापा मगर, महानन्द न्यौपाने, पुष्कर लामिछानेले हस्ताक्षर गर्नुभएको छ ।
आरोपीहरुले आफूहरुले गल्ती गरेको स्वीकार गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रमुख जिल्ला अधिकारी तामाङले अस्पताल जस्तो संवेदनशील ठाउँमा यस्ता घटना हुनु दुखद भएको बताउँदै घटना दोहोरिएमा कानुन बमोजिम कारवाही गर्ने बताउनुभयो ।
नेपाल चिकित्सक संघ चितवनका सचिव डा.सूर्यप्रकाश सापकोटाले डा. देज गौतमले क्षमा दिनु भएको बताउनुभयो । आवेशमा आएर यस्ता घटना भएको भनी स्वीकार गरिसकेपछि गौतमले क्षमा दिनुभएको सापकोटाले बताउनुभयो । डा.गौतमले दिनु भएको क्षमालाई संघले सम्मान गर्ने उहाँको भनाई छ । डा. सापकोटाले आगामी दिनमा जसले गल्ती गर्छ उसलाई कानुन बमोजिम दण्डित गर्नु पर्ने बताउनुभयो । डाक्टर गौतमलाई करारमा रहेका कर्मचारीलाई हटाएको विषयलाई लिएर उनीहरुका आफन्तहरुले आक्रमण गरेका थिए । आक्रमणको दर्जन भन्दा धेरै स्वास्थ्य सस्थाले विरोध जनाउदै दोषी उपर कार्वाहीको माग गरेका थिए ।


