चितवन, २४ असार । आयो नुनको माग वृद्धि भएको छ । ढिके नुन भन्दा धुलो नुनको माग वृद्धि भएसंगै यसको परिमाण पनि वढेको हो ।
परम्परागत रुपमा चलि आएको ढिक्के नुन सहज मात्रामा खरिद गर्न नपाइने भएपछि धुलो नुनको माग वृद्धि भएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढ शाखाले चालु आर्थिक वर्षको असार २३ गतेसम्म ७७ हजार ४५३ क्वीन्टल आयो नुन बिक्री भएको छ ।
ढिके नुनको विक्री भएपनि बिल काट्ने काम भने भारतीय सिमावर्ती कार्यालयबाट हुने भएकाले यस कार्यालयबाट खरिदको लागि विल नकाटिने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढका प्रमुख वुद्धिविनोद दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा आयो नुन ७४ हजार ५६० क्वीन्टल विक्री भएको थियो । यस आर्थिक वर्षमा भने गत भन्दा यस वर्ष दुइहजार ८९३ क्वीन्टल आयो नुन विक्री वृद्धि भएको छ ।
धुलो नुनमा आयोडिन धेरै भएकाले पछिल्लो समय थाइराइड समस्या वृद्धि भएकाले आयोडिन कम भएको नुन प्रयोग गर्नु पर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् । तर स्वास्थ्य मन्त्रालयले भने आयोडिन धेरै भएको भन्ने सूचना प्रकाशित गरेको छैन ।
