जस्ले प्रधानमन्त्री ओलीको तस्वीर जीवनभर नमेटीने गरी पाखुरामा खोपे

चितवनसमाचार डटकम, ११ फागुन ।
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज ६८ औं जन्मोत्सव मनाउनुभएको छ । उहाँलाई पार्टी नेता कार्यकर्ता, आफन्तजन, शुभेच्छुक र जनसमुदायले शुभकामना दिए ।
धेरैले सामाजीक सञ्जालवाटै शुभकामना दिए । यसरी शुभकामना दिने मध्येका एकजना युवा हुन् भरतपुरका ध्रुव बर्तौला । उनले आफ्नै हातको पाखुरामा जीवनभर नमेटिने गरी बनाएको प्रधानमन्त्री केपी ओलीको तस्वीर अंकित पार्टीको चिन्ह अंकित टाटुको तस्वीर खिचेर फेसवुकमा पोष्ट गरे ।


बर्तौला पूर्व एमाले निकटको बिद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला सदस्य र सप्तगण्डकी कमिटिका संयोजक पनि हुन् । गत बर्षको चुनाव पछि सरकार गठन हुनु पूर्वको समयमा बर्तौैलाले टाटु खोपेका हुन् । आफ्नो नेताप्रतिको श्रद्धा र सम्मानका लागी आफुले टाटु खोपको उनले बताए ।
‘नेपालको राजनीतिमा राष्टवादी, जनपक्षिय मुद्धामा स्पष्ट अडान र पार्टीलाई जनतामाझ यो उचाईमा स्थापीत गर्नमा नेता ओलीले महत्वपूर्ण भूमिका खेल्नुभयो त्यसैले उँहको सम्मानमा टाटु खोपे ’उनले भने ।
कलात्मक ढंगले पाखुरामा खोपीएको टाटु बर्तौलाको जीवनभर मेटिने छैन । उनले थपे, ‘मैेले कहिले नमेटिने बुझेरै खोपेको हो’ ।

उनी मात्रै हैन उनको परिवार नै पार्टीमा समर्पित छ । २६ बर्षिय यी युवाका वुवा आमा सपरिवार पूर्व एमाले पार्टी कार्यालय भरतपुर( हालको नेकपा कार्यालय ) मा बिगत २३ बर्ष देखी बस्दै आएका छन् ।

उनका बुवा रामचन्द्र वर्ताैला पार्टी कार्यालयको परिचर काम गर्छन । बिसं २०५० सालमा मकवानपुरको भैसेमा प्राकृतिक विपत पछि बालख धु्रवलाई काखमा लिएर परिवार भरतपुर आएका थिए । कार्यालयमै भाई र वहिनी जन्मिए । सबैलाई पार्टीले नै खर्च गरेर शिक्षा दिक्षा दिएको ध्रुवले बताए ।

अहिले ध्रुव जवान भएका छन् । एक नीजी कम्पनीमा रोजगारी गर्छन ।  । ‘जसोतसो जीवन चलेको छ, देशमा स्थायित्व आएको छ मुलुकनै समृद्ध भएपछि हामी पनि समृद्ध बनौला’ ध्रुवले भने । दुईतिहाई नेतृत्वमा बनेको बर्तमान सरकारले आगामी निर्वाचन अघि नै सबैले अनभुती गर्ने गरी बिकासको चाहाना पुरा हुनेमा उनी ढुक्क देखीन्छन् ।

शेयर गरौ

ताजा अपडेट