भरतपुर महानगरमा सञ्चालिन बालगृह मापदण्ड विपरित

शालिग्राम नेपाल

चितवन, १९ असार । भरतपुर महानगरपालिकामा सञ्चालन भएका केही बलगृह मपदण्ड अनुसार नभएको पाइएको छ ।
भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारी सहितको टोलीले अनुगमनका क्रममा मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको हो । अनुगमनका क्रममा कुनै कुनै बालगृह मापदण्ड नपुगी सन्चालनमा आएको पाइएकोले सुधार गरेर सन्चालनमा ल्याउन भनेका छौ उपप्रमुख अधिकारीले भन्नू भयो ।
आइतबार भरतपुरका विभिन्न वडामा रहेका बालगृहहरुको अनुगमन तथा निरीक्षणका क्रममा मापदण्ड बिपरित सन्चालनमा आएको पाइएको हो ।
अनुगमनमा भरतपुर महानगरका उपप्रमुख अधिकारीसहित सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, भरतपुर १० का वडा अध्यक्ष तथा सामाजिक विकास समिति सयोजक परमेश्वर खनाल, २३ का अध्यक्ष दिपक दवाडी, महानगर उप सचिब सुकदेब लम्साल, स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, प्रहरी नायब निरीक्षक हसिना गिरिलगायको सयुक्त टोलीले अनुगमन तथा निरीक्षण गरेको हो ।
भरतपुर २१ मा रहेको एभरेस्ट लनिङ एकेडमी, २३ मा रहेको आशा अनाथालय नेपाल र टिनाज मेमोरल गार्डेन निको होममा गरिएको अनुगमनका क्रममा खाना, खाना राख्ने भाडो, ओछ्यान , भौतिक संरचना लगाएतका विषयहरुमा सुधार गर्न निर्देशन गरिएको छ उपप्रमुख अधिकारीले भन्नू भयो । भरतपुर २१ मा रहेको एभरेस्ट लनिङ एकेडमीमा हाल १३ जना बच्चाहरु रहेका छन । उनीहरु चितवन, तनहुँ, रसुवा, बागलुङ र गोर्खा जिल्लाबाट आएका हुन ।
यस्तै भरतपुर २३ मा रहेको आशा अनाथालय नेपालमा एकसय ४८ जना बच्चाहरु आश्रीत छन । २०५६ सालमा कोरियन नागरिकको सहयोगमा सो बालगृह सन्चालनमा आएको हो । अनुगमनका क्रममा आशा अनाथालयमा धेरै कुराको सुधार गर्नु पर्ने देखियो महानगर उप सचिब सुकदेब लम्सालले भन्नूभयो, यो एक पटकलाइ सुधार गर्ने मौका दिएका छौ आइन्दा फेरि यस्तो घटना दोहो¥याए कारबाही हुन्छ ।
त्यस्तै भरतपुर २३ मै रहेको टिनाज मेमोरल गार्डेन निको होम भने मापदण्ड बिपरित सन्चालनमा आएको भेटिएको छ । १४ जना बालिका र ६ जना बालक गरि जम्मा २० जना बालबालिलाई सरक्षण दिएको निको बालगृह कानुनी प्रक्रिया पूरा नगरी सन्चालनमा आएको देखिएको छ । हामीले कानुन सम्मत प्रक्रिया पूरा गरेर आउनुस भनेका छौ, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले भन्नू भयो ‘अर्को पटक आउदा प्रक्रिया पूरा नगरेको पाइए प्रशासन कानुन अनुसार अगाडि बढन बाध्य हुने छ । ’
बालगृह सन्चालन गर्न भौतिक सरचना, खानपान, सरसफाइ, खेलमैदान, समय समयमा स्वास्थ्य परिक्षण लगायतका धेरै मापदण्डहरु पूरा हुनु पर्ने प्राबधान रहेको छ । अनुगमनको क्रममा खानाको ब्यबस्थापन राम्रो नभएको, सुत्ने कोठाको ब्यबस्थापन राम्रोसग नगरिएको, बालगृहमा रहेका अन्य सामग्रीहरु गुणस्तरिय नभएको, सरसफाइमा बिषेश ध्यान नपु¥याएको पाइएको हुनाले सुध्रिने मौका दिएको महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले जानकारी दिनु भयो ।
नेपालमा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको शक्ति समूह ब्यबस्थापन समितिका सदस्य तथा अधिवक्ता दिलिप कोइरालाको भनाइ छ । शक्ति समूह बाल सरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको सस्था हो । कोइरालाका अनुसार नेपालमा रहेका ४ सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् ।

शेयर गरौ

ताजा अपडेट