खेतीपातीको राजनीतिकरण किन ?

डा. कृष्ण प्रसाद पौडेल
हावापानीपछि हाम्रो जीवन सम्भव बनाउने खोतीपाती र यसबाट आउने खानेकुरा, यो सम्भव बनाउने किसानदुबै उपेक्षित छन् । खानेकुराको आयात र यूवाको निर्यात हाम्रो नियति बनेको छ । माटो मरेको छ मानव स्वास्थ्य गहिरो संकटमा छ । कृत्रिम रसाउन र विषादीले नसर्ने दीर्घरोग दिनदिनै बढेको बढ्यै छ । ६० प्रतिशतभन्दा वढि किसान भएको यो उर्वर भूमीका श्रमिक किसान किनेर खानबाध्य छन् । किन यस्तो भयो सबैतिर चासो र चर्चा हुन थालेको छ ।


हामी सबै भुक्तभोगी छौ, बितेबाट दशकमा राजनैतिक व्यवस्था परिवर्तनका ठुल्ठुला आन्दोलन भए । यिनै आन्दोलनकाबलमा राजनितिक प्रणाली समेत फेरिए । तर हाम्रो खानेकुराको बन्दोबस्त गर्ने कृषिको सोच भने अहिलेसम्म फेरिएन । यसलाइ फेर्न नेतृत्व गर्ने अगुवाको मति नफेरिएकै कारण यस्तो अवस्था आएको हो ।

विडम्वना, आम किसानका खेतीपाती सहज बनाउन गर्नु पर्ने सामान्य सुधारका काम समेत भएनन् । बरु नीजि स्वार्थमा पारिवारिक र आसेपासेको वरिपरि नै किसानले पाउनु पर्ने सेवा सुविधा केन्द्रित घेरा बन्दीमा रमाए । यो कुरा खानेकुरा र खेतीपाती उन्नत बनाउने कुरामा मात्र सिमित छैन । हाम्रो आर्थिक सामाजिक उन्नतिको दुरदृष्टि र बाटो पहिल्याउने कुरासग जोडिएको छ । किसानका नाममा धेरै गोहीका आँसु झरे तर उनीहरुलाइ खेतीपाती गर्न सक्षम बनाउने कुनै सार्थक प्रयास भएन उल्टै उनीहरुकै नाममा बिचौलिया, दलाल र झोलेहरुका झोला झोला भरिए ।


विडम्वना, कृषिको राजनैतिक तथा प्रशासनिक नेतृत्वले कृषि सपार्न आवश्यक सामान्य ज्ञान र सिप बढाउने चेष्टा नै गरेन । यसले स्थायी सरकार भनिने परम्परागत ढर्राको कृषि कर्मचारीतन्त्रलाई समय सापेक्ष पुनर्गठन गर्ने पहल गर्नुको साटो निहित स्वार्थ पुरा गर्न यसै तन्त्रका अगुवासग साँठगाँठ र मन्त्रणा गरिरहे । यो नै अहिले हाम्रो कृषि उन्नत बनाउने सपनाको सबैभन्दा ठुलो बाधक बनेको छ । यो कृषिक्षेत्र उन्नति बनाउने अभियानको अगुवाइ गर्नु पर्ने राजनैतिक तथा प्रशासनिक नेतृत्वले समाल्न नसकेको बलियो प्रमाण पनिहो ।

योसगै, कृषिको पुनर्जिवनका लागि स्पष्ट दूरदृष्टि, नीतिगत निर्णय, कार्यान्वयन अनुगमन र पृष्टपोषण गर्ने संसददेखि सरकारसम्म सबै मुख्य थलोहरु निरीह र निकम्मा भएका छन । नेपालको खाना र खेतीपाती सपार्न अहिलेको जस्तो राजनैतिक तथा प्रशासनिक नेतृत्वको सोचबाट सम्भव छैन । कृषि रुपान्तरणको दुरदृष्टि, अठोट र क्षमता समेत नभएको नेतृत्वले यो अहं भूमिका पुरा गर्न सक्दैन भन्ने कुरा अब घाम जतिकै छर्लगं भैसकेको छ । कृषि सपार्ने सुझबुझ गुमाउदै गएको नेतृत्व माफिया तन्त्रमा चुर्लुम डुबेको छ । यसले कृषिलाइ खानेकुरा भन्दा पैसा फलाउने भन्ने अर्थमा मात्र बुझेको छ ।

त्यस्तो नभएखाने कुरामा कृषि रसायन र विष मिसाउने कुरामै किन जोड दिने थियो होला र ? यस्तो बुझाइ भएको नेतृत्वको प्रवृतिबाट दीर्घकालिन उन्न्तीकोे ढाँचाको त कुरै छाडौ अहिलेको संकटको सामना गर्ने विश्वास समेत गर्न सकिदैन ।


अब खानाका लागि गरिने आत्मनिर्भर खेती प्रणालीलाई पुनर्जिवित गर्ने, विकासलाइ प्रकृति सम्मत र स्थानीयतामा आधारित बनाउदै लैजाने, र यो कार्य गर्ने मुख्य दायित्व बोकेको राजनीतिक र प्रशासनिक नेतृत्वको पुनसंरचना गर्ने कुरा नगरि खाना, नाना , छाना, शिक्षा र जनस्वास्थ्य जस्ता प्रथामिक सवालहरु सम्बोधन हुदैनन् । यो सम्भव बनाउन सामाजिक पुनर्जागरण र प्रकृतिको पुननिर्माण सगसगै गर्न अनिवार्य छ ।

यसले मात्र हाम्रो नेतृत्वकोे प्रवृति, प्रकृतिर हाम्रो जीवनको मुलआधार खेतीपाती पुनर्जिवित हुदै जान्छ । अब खानाका लागि गरिने खेतीपातीलाई प्रवद्धन गर्न मानिस र प्रकृति बिचको अन्तर सम्बन्धको विवेक सम्मत र व्यावहारिक ढाँचा बनाउने चुनौतिलाई स्विकार गर्दै नयाँखाना र खेतीपातीको संकृति निर्माण गर्नु अपरिहार्य भैसकेको छ । यि सबै कुरालाइ संबोधन गर्न अब राजनैतिकतहमै हस्तक्षेप गर्नुपर्ने भएको छ ।


यस्तो कार्यको सुरुवात राजनैतिक पार्टीहरुलाइ जिम्मेवार र जवाफदेही बनाउने, राज्य संचालनको विधि बनाउने थलो संसद र सरकारकोे कार्यकारी भूमिका प्रभावकारी बनाउदै लोकतन्त्र सुदृढ बनाउने कामसगै सुरु हुन्छ । यसकालागि सक्षम र प्रतिवद्ध अगुवाहरुले राजनैतिक हस्तक्षेप गर्ने अठोट गर्नुपर्छ । सगै, अहिलेको खेतीपातीको यो अवस्था फेर्न आतुर जमातले यस्ता उत्साही अगुवालाइ प्रोत्साहित गर्ने चुक्नु हुदैन । आमजनसमुदायले यो सबैमा साथ दिने आँट गरे यो सजिलै सम्भव हुन्छ । अन्यथा हामीले हाम्रो आफ्नै जीवनलाइ थप दुरह बनाउने छौ सगै भावी सन्ततीको जीवनसग समेत खेलबाड हुनेछ ।

यसको सुरुवात भने आगामी संसदको निर्वाचनमा कृषि सपार्र्न प्रतिवद्ध पार्टी वा समुहका उमेदवारलाइ जिताएर गर्नु पर्छ । सगै, हामी सबैले सदा झै कृषि क्षेत्रमा भैरहेको कुसाशन, उत्पीडन र बेथिति नसहने अठोट गर्ने हो भने अक्षम र अयोग्य व्यक्ति राजनीतिको अग्रपंतिमा नपुगोस भन्ने कुरामा सबै पार्टीका इमान्दार कार्यकर्ताले उत्तिकै ध्यान दिन जरुरी छ ।

सबै मानिस सबै कामका लागि उत्तिकै सक्षम हुदैनन् । कस्ता मानिसलाइ के कामका लागि छनौट गर्ने ? यो नेतृत्वको सबैभन्दा पेचिलो प्रश्न हो । अपवाद बाहेक राजनीतिमा हस्तक्षेप गर्न सक्षम र प्रतिवद्ध नेतृत्व राजनैतिक आन्दोलन नै जन्माउने गर्छ । हाम्रो समाजमा पनि यस्ता अगुवाको कुनै कमी छैन । अहिलेको जस्तो राजनीतिमा देखिएको नैतिक, बैचारिक र इमानको खडेरीमा आज सम्मको सामाजिक व्यवहार, समाज रुपान्तरणको राजनैतिक चेत, विषयको ज्ञान सिप र अभ्यासले उपयुक्त देखिएका उमेदवारको उपस्थितिले मात्रपनि समाज रुपान्तरणको आस जगाउन सक्छ ।
यस प्रशगंमा कवि रवीन्द्रनाथ टेगोरले लेखेको यो कविताले हामीले अहिले खोजेको नेतृत्वको मर्म सम्झाउछ । उनले लेखेका छन्ः

अस्ताउँदो सूर्यले जगलाई सोध्यो —
म त अस्ताउँदै छु तिमीलाई उज्यालो कसले देला ?
यस्तो प्रश्न सुनेर सारा जग मौन थियो ।
एउटा माटाको दियोले झुकेर भन्यो—
मलाई जिम्मादिनुस् जति सक्छु, गर्छु  ।


हामी सबैलाइ थाहा छ खानेकुरा नभएहाम्रो जीवन रहदैन । यो किसानले उत्पादन नगरे हाम्रा भान्सासम्म आउदैन । यो कुराको मर्म बुझ्नेले मात्र हामी सबैको भरोसा जगाउन सक्छ । यस्ता भरोसा योग्य, सक्षम र प्रतिवद्ध अगुवाको अहिले सबैतिर खोजी भैरहेको छ । माटोको दियो बनेर बल्न तयार अगुवालाइ राजनीतिक हस्तक्षेप गर्न साथदिएर मात्रहाम्रो कृषि रुपान्तरणको यात्रा सुरु हुन्छ । तसर्थ, अब ढिला नगरी यस्तो माटोको दियोमा तेल हालौ सगै यसलाइ हावाबाट जोगिन साथदिऔ । अनिमात्र हाम्रो राजनैतिक पुन जागरणसगै खानाकालागि खेतीपातीको रुपान्तरणको यात्रा सुरु हुन्छ ।

खेतीपातीको सवाललाइ राजनीतिकरण गर्न प्रतिवद्ध डा.पौडेल खानाकालागि खेतीपातीकाअभियानकर्मी हुन।

शेयर गरौ

ताजा अपडेट