चितवन, १९ असार । गैंडा मारी खाग बिक्री व्यवसाय गरेको अभियोगमा फरार भएका दुइजनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।
सोही मुद्दामा कैद सजाय पाएर रिहा भएकाहरु पुन चोरी शिकारी कार्यमा लागेपछि मुद्दा दर्ता भएको थियो । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नं १० घर भएका ४१ वर्षीय रामकुमार प्रजा र कालिका नगरपालिका बड़ा न १ का ४३ वर्षीय वमबहादुर प्रजा रहेका छन् ।
पक्राउ पर्ने मध्य रामकुमारलाई केन्द्रिय अनुसन्धान व्यूरोको विशेष सहयोगमा हेटौडा उपमहानगरपालिका वडा नं. ४ बाट पक्राउ गरिएको थियो ।
राजकुमार प्रजा २०६० देखि २०७० सम्म १० वर्ष कैद भुक्तान गरी रिहा भएका थिए । पूनः सरक्षित वन्यजन्तु गैंडा शिकार गरि खाग ओसार पसार गरको अभियोगमा मुद्दा दर्ता भएको चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
उनीहरु फेरी त्यही चोरी शिकार गरी खाग राख्ने र विक्री गर्ने कार्यमा संलग्न भएको भन्दै मुद्दा दर्ता भएको थियो । पक्राउ परेका राजकुमारलाई नियन्त्रणमा लिएर जिल्ला अदातल भरतपुरमा पेश गरी कार्वाहीको प्रकृया अगाडि बढाएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
पक्राउ गर्नेमा अर्का बमबहादुर प्रजा गैंडा मारी खाग बिक्री तथा ओसार पसार अभियोगमा २०६० देखि २०७५ सम्म १५ वर्ष जेल सजाएर पाएर निस्केका थिए । फेरी सोही चोरी शिकार कार्यमा लागेपछि बमबहादुर माथि मुद्दा दर्ता भएको थियो । फरार भएका उहाँलाई केन्द्रिय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा निकुञ्जको सेनाले धादिङको मेलुखुबाट पक्राउ गरेको छ ।
बेनीघाट गाउँपालिका बडा नं. ३, मलेखुबाट विहीबार राति पक्राउ परेका उहालाई जिल्ला अदालत पेश गरिने निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।