नारायणगढ फाल्गुण-११
नेपाल ट्रेड युनियन काग्रेसमा आवद्ध नेपाल बित्तिय सस्था कर्मचारी संघ कृषि बिकास बैकं ईकाई चितवनको नवौं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।
अधिवेशनले जगन्नाथ आचार्यकोे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निबिरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा गोबिन्दराज जोशी, सचिबमा बिकास भट्टराई र कोषाध्यक्षमा श्रीमती दुर्गा ढकाल चयन भएकी छिन् ।
समितिको सदस्यहरुमा बलराम नेपाल, तिलक कोईराला, देबेन्द्र देवकोटा, निर्मल लोचन अधिकारी, सिता शर्मा, लोकेन्द्र अधिकारी, बिनोद यादब लगायत निर्वाचित भएका छन् । अधिवेशनले ५ जना केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत चयन गरेको छ । जसमा पुस्तकराज तिवारी, कुमार उप्रती, उमेश पौडेल, दुर्गा ढकाल र डिल्ली पराजुली रहेका छन् । आजैको अधिवेशनले ११ जना प्रदेश प्रतिनिधि समेत चयन गरेको निर्वाचन समितिका संयोजक शम्भु पौडेलले जानकारी दिए ।
नेपाली काग्रेस चितवनका सचिब उत्तम जोशी प्रमुख अतिथी रहेको कार्यक्रममा नेपाल ट्रेड युनियन चितवनका उपाध्यक्ष पूर्णप्रसाद शर्मा, नेपाल बित्तिय सस्था कर्मचारी संघ नाराणीका उपाध्यक्ष उमेश कुमार पौडेल लगायतले अधिवेशनको सफलताको शुभ कामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल बित्तिय सस्था कर्मचारी संघ कृषि बिकास बैकं ईकाई चितवनका अध्यक्ष कुमार उप्रतिको सभापतित्वमा सम्पन्न भएको थियो । चितवनमा कृषि बिकास बैंकको ८ वटा शाखा र पुर्बी चितवनको बीरेन्द्रनगरमा क्षेत्रिय तालिम केन्द्र रहेको छ ।