रामकृष्ण आमा समुहद्वारा बिपन्न मुसहर समुदायलाई खाधान्न र लत्ताकपडा सहयोग

चितवन, १८ असार ।
रामकृष्ण आमा समूह , भरतपुर-२ क्षेत्रपुरले रत्ननगर-७ सिसवार स्थित बिपन्न मुसहर बस्तीमा खाधान्न तथा लत्ताकपडा सहयोग बितरण गरेको छ ।
२७ बिपन्न घरपरिवारलाई ६० हजार रुपैयाँ बराबरको खाधान्न र करिब १५ बाेरा लत्ताकपडा सहयोग वितरण गरिएको रामकृष्ण आमा समुहकि निवर्तमान अध्यक्ष मिना तिवारीले जानकारी दिनुभयाे ।

मुसहर समुदायका हरेक परिवारलाई चामल एकबाेरा, दाल दुई केजी , नुन एक केजी , भुजा एकपाेका, तेल एकपाेका, सावुन एक पिस, चाउचाउ दुई पाेका, साेयाविन एकपाेका र लत्ताकपडा बितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

यस कार्यकालागि आमा समुहका सदस्यहरु, र टाेलका सदस्यहबाट समेत सहयोग संकलन गरिएको अध्यक्ष संगीता अधिकारीले बताउनुभयो ।
आर्थिक बिपन्नताका कारण त्यस बस्तीमा सहयोग जरुरत भएको जानकारी भएपछि आमा समुहले खाधान्न तथा लता कपडा बितरण गरेकाे अधिकारीले बताउनुभयो ।

सहयाेग वितरण कार्यक्रममा आमा समुहका अध्यक्ष अधिकारी , निवर्तमान अध्यक्ष तिवारी ,
उपाध्यक्ष लक्ष्मी वाग्ले, सचिव लक्ष्मी सेन्चुरी, काेषाध्यक्ष जमुना गुरुङ , सहसचिव अप्सरा वाग्ले , सह काेषाध्यक्ष अन्जु ढकाल, सल्लाहकार गायत्री अर्याल ,  सल्लाहकार उमा काेईराला सहित सदस्यहरु , त्यसैगरी
रामकृष्ण टाेल विकास संस्थाका अध्यक्ष तुलसी श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्याे ।
स्थानीय जनप्रतिनिधिहरु वडा अध्यक्ष सजना महताे , सदस्यहरु कुल प्रसाद आचार्य, माईलि सुनार, जुना चाैधरी, स्थानीय अगुवा जीवन माझीले सहजिकरण गर्नुभएको थियाे ।
खाधान्न र लत्ताकपडा पाएपछि स्थानीय बिपन्न समुदायले खुसी ब्यक्त गरे ।

राेटरी क्लव र अन्य दाताहरुले सहयाेग जुटायर त्यहाँ केही समय अघि ५८ लाख रुपैयाँको लागतमा मुसहर समुदायकालागि घर निर्माण गरेर हस्तान्तरण गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट