असार १८, काठमाडौं ।
बाराको निजगढ निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणका लागि पुगेका गठबन्धन दलका शीर्ष नेताहरूले विमानस्थल निर्माणमा जोड दिएका छन्।
निर्माणधीन विमानस्थलको अवलोकनपछि शीर्ष नेताहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा विश्वस्त हुन आग्रह गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढ उपयुक्त स्थान भएको दाबी गरे। विधि र प्रक्रिया पूरा गरेर हालकै निर्माणधीन विमानस्थललाई पूर्णता दिइने उनको भनाइ छ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले निवगढ विमानस्थल निर्माणको कार्यलाई ढिला गर्न नहुने बताए।
उनले भने, ‘यो विमानस्थल समयमै निर्माण सुरु नगरे करोडौं लगानी अलपत्र पर्छ। यतिमात्र होइन, फास्ट ट्रयाकको औचित्य पनि पुष्टि हुँदैन। त्यसैले कुनै पनि हालतमा निजगढ विमानस्थल निर्माण हुनुपर्छ।’