राष्ट्रसंघीय परिषद बैठकमा सहभागी हुन परराष्ट्र मन्त्री ज्ञवाली र कानुन सभापति पोखरेल जेनेभा प्रस्थान

तीर्थ नेपाल
चितवन समाचार डटकम, ११ फागुन ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ४० औं बैठकमा सहभागी हुन नेपाली टोली आज स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेको छ ।
टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र संघीय संसदका कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल त्यस तर्फ प्रस्थान गर्नुभएको हो ।
नेपाल सरकारका तर्फवाट सहभागी हुने यस टोलीमा सरकारका केही उच्च पदस्थ अधिकारीहरु पनि छन् । परिषद बैठक फेव्रुअरी २५ देखी २७ तारिख सम्म जनेभा स्थित राष्ट्रसंघीय मुख्यालयमा हुनेछ ।
बैठकमा राष्ट्रसंघ सदस्य मुलुकहरु, अन्तराष्ट्रिय मानवधिकारका क्षेत्रमा क्रियाशील ब्यक्ती तथा संघसंस्थाको सहभागीता रहने जनाइएको छ । सहभागीहरुले आफ्नो देशमा मानवअधिकार र कानुनका क्षेत्रमा भएका प्रगती र बर्तमान परिस्थीतिका सन्दर्भमा विश्व समुदायलाई जानकारी गराउनेछन् ।
नेपालका तर्फबाट नयाँ संबिधान लागु भैसकेपछि कानुन निर्माण र यसको कार्यान्वयनमा भएको प्रगतीवारे विवरण प्रस्तुत गरिने कानुन न्याय तथा मानवअधिकार समितिका सभापति पोखरेलले जानकारी दिनुभयो ।
संबिधान प्रद्धत्त मौलिकहरुलाई कार्यान्वयन गर्न अशोज २ गते संसदवाट १६ वटा कानुनहरु निर्माण भई पारित भैसकेको र यसले मानअधिकारका आधारभुत मान्यतालाई स्थापित गरेको वारे नेपालका तर्फबाट परिषद बैठकमा प्रकाश पारिने पोखरेलले बताउनुभयो ।
नयाँ कानुनले नेपाली जनताको स्वास्थ्य, शिक्षा, रोजगार, आवास, खाद्य जस्ता अधिकारलाई सुनिश्चित गरेको सभापति पोखरेलले बताउनुभयो ।

ताजा अपडेट