निलगिरी टोलमा प्लास्टिकजन्य फोहरबाट हस्तकला बनाउने तालिम

चितवन १६ असार । प्लास्टिकजन्य फोहोरबाट हस्तकला बनाउने तीनदिने तालिम भरतपुरमा शुरु भएको छ ।
भरतपुर महानगरपालिका वातावरण शाखाको सहयोगमा भरतपुर ११ निलगिरी टोलमा विहीबारबाट तालिम सुरु भएको हो । तालिमको ११ का वडा अध्यक्ष कमल मल्लले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा मल्लले वडालाई प्लाष्टिक रहित बनाउन सवैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । वडालाई कति सुन्दर बनाउने भन्ने हात यहीका वासिन्दाको रहेकाले सवैले साथ दिए महानगरकै नमुना वडा बनाउने बताउनुभयो ।
वातावरण तथा सरसफाई समिति निलगिरी जागृति टोलकी अध्यक्ष चन्दिरा दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा मुक्तिनगर टोल विकास संस्थाका अध्यक्ष ओबिदत्त पराजुली र निलगिरी जागृति टोल विकास संस्थाका अध्यक्ष हरिशचन्द्र सुवेदीले वडा नं ११ लाई फोहरको वर्गीकरण गरेर श्रोतमा नै फोहर कम गर्न जोड दिनु भयो ।
कार्यक्रम सञ्चालक रामचन्द्र आचार्यले सानासाना बालबालिकालाई सरसफाइ सम्बन्धी ज्ञान दिन आवश्यक रहेको बताउनुभयो । ४० जना महिलाहरुलाई खेर जाने प्लास्टिकजन्य फोहोरबाट निर्माण हुने हस्तकलाका सामग्री दुईजना प्रशिक्षकहरु लक्ष्मी सापकोटा र शोभा थापाले प्रशिक्षण दिनु भएको छ । कार्यक्रम असार १६ गतेदेखि १८ गतेसम्म वडा नं. ११ को पोखरीचोकमा रहेको सामुदायिक भवनमा सञ्चालन भएको छ ।

शेयर गरौ

ताजा अपडेट