मोटरसाइकल चोरी गर्ने छ जना पक्राउ

चितवन, १६ असार । चितवनको विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्ने गिरोहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लुकिछिपी बसेर चोरी गरेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मोटरसाइकल चोरीमा संलग्न छ युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भरतपुर–१६ का २२ वर्षीय संकल्प पनेरु, बाग्लुङको जैमिनी–८ घर भएर भरतपुर–११ बस्ने २४ वर्षीय जीवन पौडेललाई चोरी गरी ल्याएको ना ५६ प ७६४६ नम्बर लगाइएको बुलेट मोटरसाइकल, ग २२ प ६६९३ नम्बर भएकोलाई परिवर्तन गरी बा.प्र.०३ ००१ प ८९५ को नम्बर प्लेट लगाइएको अवस्थामा मोटरसाइकलसहित पक्राउ गरेको हो ।
दुई जनालाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा असार १२ गते पुरानो मेडिकल कलेज अगाडिबाट चोरी गरेको क्रसफायर मोटरसाइकल माडी–९ बस्ने ३१ वर्षीय विजय दुरालाई ६० हजारमा बिक्री गर्न लागेका थिए । विक्री गर्न लागेको जानकारी पाएपछि दुरासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्नहरुले भरतपुर अस्पतालबाट चोरी गरेको प्रदेश ३–०४ प ४७१८ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०३–००१ प २८८८ नम्बर परिवर्तन गरी नम्बर प्लेट लगाइएको बुलेट मोटरसाइकल भरतपुर–२४ का २५ वर्षीय जनमराज पुरी र मकवानपुरको मनहरी–३ घर भई भरतपुर–२४ बस्ने २१ वर्षीय सुशील पुरीलाई बिक्री गरेको पाइएको छ । खरिद गरेको बुलेट मोटरसाइकलसहित जनमराज पुरी र सुशील पुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले जेठ ३ गते भरतपुर–२, क्षेत्रपुरस्थितबाट चोरी भएको प्रदेश ३–०३–००१ प ५११० नम्बरको स्कुटरको खोजतलास गर्ने क्रममा स्कुटरको नम्बर परिवर्तन गरी प्रदेश २–०११–००२ प ६०२५ नम्बर लगाई स्कुटरको रङसमेत परिवर्तन गरिएको अवस्थामा बाराको पर्सौनी गाउँपालिका–१ घर भई भरतपुर–२ बस्ने २७ वर्षीय राजेश पासवानलाई पक्राउ गरेको छ ।
यस्तै, असार १४ गते बेलुकी ८ः३० बजेको समयमा प्राप्त सूचनाको आधारमा भरतपुर–५ स्थित मोटरसाइकल चोरी गरी ल्याएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चोरी गरी ल्याएको प्रदेश २–०३–००१ प ४०५६ नम्बर लगाइएको मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकल चोरी गर्ने व्यक्ति भने फरार भएकाले निजको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

शेयर गरौ

ताजा अपडेट