महानगरको विकासमा महिलाको ठूलो योगदान : अधिकारी

 

चितवन १५ असार । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले नारायणगढ लेडि जेसिजले नेतृत्व विकासको क्षेत्रमा ठुलो योगदान पुर्‍याएको बताउनु भएको छ ।
नारायणगढ लेडि जेसिजको २६ औ स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले जेसिजले हरेक युवाहरुलाई सकारात्मक वाटोमा हिडाउन सिकाउने संस्थाको रुपमा आफुले लिएको वताउनु भयो । उहाँले महिलाहरुकै योगदानका कारण देशमा आमूल परिवर्तन आएको बताउनु भयो । महानगरको विकासमा महिलाहरुको ठूलो योगदान रहेको भन्दै उप प्रमुख अधिकारीले देशकै नेतृत्व विकास गर्ने क्रममा महिलाहरु नै अग्र पक्तिमा रहेको पनि बताउनुभयो । जेसिजले प्रजातान्त्रिक प्रक्रिया विधि र शाषन पद्धतीका वारेमा सिकाउने भएकाले सवै युवाहरुको आकर्षणको केन्द्र वनेको पनि उप प्रमुख अधिकारीको भनाइ रहेकोे छ । नेतृत्व विकासका लागि जेसिजको सिकाई उल्लेखनिय रहेको भन्दै उहाँले जेसिजका हरेक कामप्रति आफ्नो साथ,सहयोग र सद्भाव रहने पनि बिश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा स्थानीय तहको निर्वाचनमा निर्वाचित हुने महानगरका जनप्रतिनिधिहरुलाइ सम्मान पनि गरिएको थियोे । नारायणगढ लेडि जेसिजलाई विभिन्न समयमा सहयोग पुर्‍याएको भन्दै बिबिध क्षेत्रका लब्ध प्रतिस्ठित ब्यक्तिहरुलाइ पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नेपाल जेसिज २०२१ का र्राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल,नारायणगढ जेसिजका पुर्ब अध्यक्ष उत्तमलाल चुके,भरतपुर महानगर १० का वडा अध्यक्ष परमेश्वर खनाल, वर्ष २०२२ का महासचिब जेसि हिमा श्रेष्ठ, लगाएतले बोल्नु भएको थियोे ।

शेयर गरौ

ताजा अपडेट