चितवन, १४ असार । नेकपा एमालेको उपमहासचिव प्रदीप ज्ञवालीले देशको अर्थतन्त्र कोल्याप्स हु्ने अवस्थामा पुगेको बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुरमा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले अर्थतन्त्र खस्कदै जादा समेत सरकारले सुधारका कुनै कार्यक्रम नगरेको भन्दै आपत्ती जनाउनुभयो । उहाले सरकारको काम प्रति टिप्पणी गर्दै बजेट ल्याउदा निश्चित व्यापारीको इशारामा करको दायरा फेरवदल गर्दा समेत ग्लानीको महसुस नगरेको बताउनुभयो ।
बजेट निर्माण गर्दा व्यापारीको प्रवेश हुनु, अर्थमन्त्रीले त्यसलाई गम्भिर रुपमा नलिनुले कति गैर जिम्मेवारी भएका छन् भन्ने प्रष्ट भएको बताउनुभयो । किसानले मल नपाउनु, विद्यार्थीले पाठ्यपुस्तक पाउन नसक्नु सरकारका ज्वलन्त कमजोरी भएको भन्दै एमालेले खवरदारी गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा उहाले एमालेको समग्र ध्यान मंसिरको निर्वाचनमा केन्द्रीत भएको बताउनु भयो । जनमतको हिसावले एमाले पहिलो पार्टीमा स्थापित भएको छ त्यसलाई जोगाउन पार्टीले अहिलेदेखि तयारी गरेको छ । उहाले भन्नुभयो ‘पपुलर जनमत एमालेको पक्षमा छ, त्यही मतको आधारमा पहिलो पार्टी बनेको छ, हाम्रो पक्षमा जनता छन्, यहि पपुलर जनमतलाई रक्षा गर्दै हामी अगाडि वढ्ने छौ ।’
उहाले एमालेको खबरदारीका कारण स्थानीय निर्वाचन सम्पन्न भएको बताउदै सत्ता गठवन्धन निर्वाचनको पक्षमा नभएको आरोप गाउनुभयो । कार्यक्रममा उपमहासचिव ज्ञवालीले कम्युनिस्ट आन्दोलनलाई विशिष्ट उचाइमा पु¥याउने काम जनताको बहुदलीय जनवादले गरेको बताउनुभयो । मदन भण्डारीको जन्म जयन्तीको अवसरमा गरेको अन्तरक्रिया कार्याक्रममा बोल्दै उहाले जबजले जनताको उच्च स्वतन्त्रता दिएको बताउनुभयो । अभिव्यक्ति स्वतन्त्रता बिना लोकतन्त्र बाच्न नसक्ने उहाले दावी गर्नुभयो । अभिव्यक्ति स्वतन्त्रताको विषयमा जबजले उच्च महत्व दिएको छ ज्ञवालीले भन्नुभयो ‘कहि कतै प्रायोजित त हुन्छन तर बोल्नै नपाउने भन्न हुदैन । ’
काल्पनिक कुरा बाहिर आयो भन्दैमा प्रेसलाई नियन्त्रण गर्न हुदैन । घटनाको सत्य तथ्य बाहिर आउनु पर्छ तर लेख्न नपाउने र प्रेसलाई रोक्ने लेख्नै नदिने भन्ने हुदैन । कुनै पनि बहानामा अभिव्यक्ति स्वतन्त्रता रोक्न पाइदैन । यो प्रेस जगतमा मात्र होइन । सबै क्षेत्रमा आवश्यक्तता छ । समाजमा स्वतन्त्रता भनेको व्यक्ति स्वतन्त्रता भएको बताउनुभयो । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मुकुन्द भुसालले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा एमालेका नेताहरु, देवी ज्ञवाली, विजय सुवेदी, मुकुन्द दाहाल, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।