हरेक छाक चाउचाउ मात्र खान दिएको भन्दै पत्नीसंग सम्बन्ध विच्छेद

भारत । भारतको एउटा अदालतका न्यायाधीशले एकजना पुरुषले हरेक छाक तयारी चाउचाउ मात्र पकाएर खुवाउने गरेको कारण आफ्नी पत्नीलाई सम्बन्ध विच्छेद दिएको बताएका छन् । ती न्यायाधीसले यस अनौठो मुद्दालाई एक ‘लोकप्रिय’ तयारी चाउचाउको नामबाट ‘म्याग्गी मुद्दा’को संज्ञा दिएका छन् ।

भारतमा सम्बन्ध विच्छेदको दर कम भए पनि अहिले यस्तो घटना बढिरहेको छ । दि न्यु इन्डियन एक्सप्रेसका अनुसार भारतको दक्षिण पश्चिमी मैसुरु सहरस्थित गत २७ मेमा उक्त मुद्दाको बारेमा जिल्ला अदालतका मुख्य न्यायाधीस एमएल रघुनाथले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । तर, उनले मुद्दा चलेको समयावधि र यसमा संलग्न दम्पतीको नाम भने उल्लेख गरेको छैनन् ।

ताजा अपडेट