आर्थिक मन्दीका कारण नेटफिल्क्सले थप तीनसय जना कर्मचारी हटायो

 

काठमाडौं । भिडियो स्ट्रिमिङ साइट नेटफिल्क्सले थप ३ सय जना कर्मचारी हटाउने भएको छ ।

नेटफिल्क्सले यसअघि गत मे महिनामा १ सय ५० जना कर्मचारी हटाएको थियो । अब थप ३ सय जना कर्मचारी हटाउने जनाएको हो ।

पछिल्लो आँकडाअनुसार पहिलो त्रैमासिकमा नेटफिल्क्सले आफ्ना २ लाख ग्राहक गुमाइसकेको छ । कर्मचारी कटौती गरेर पनि नेटफिल्क्स घाटामा गएको विभिन्न रिपोर्टहरुमा उल्लेख छ । अब नेटफिल्क्सले व्यापार विस्तारमा ध्यान दिने नीति लिएको छ ।

ताजा अपडेट