चितवन समाचारडटकम, ११ फागुन ।
फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणगढ र फेन्सी ब्यवसायी संघ चितवनको संयुक्त आयोजनामा आज नारायणगढमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शहिदचोकमा भएको कार्यक्रममा महिला एवम् पुरुष व्यवसायीहरुले उत्साहजनक ढंगले सहभागीता जनाएका थिए । एक सय २१ जनाले रक्तदान गरेका फेन्सी ब्यवसायी संघका अध्यक्ष खिमलाल अर्यालले जानकारी दिनुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष प्रकाश गैरेको सभापतित्व एवम् भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेल प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष भोजराज कौडाल, चिरन्जिवी सुवेदी, सदस्य सोमप्रसाद काप्री लगायत अतिथी हुनुहुन्थ्यो । सामाजिक तथा ब्यवसायीक संघसस्थाहरुको सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रम गरिएको अध्यक्ष गैरेले बताउनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य दिदैं अतिथिहरुले रक्तदान जस्तो पवित्र कार्य गरेकोमा आयोजकलाई धनयवाद व्यक्त गरे ।


